अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन सम्पन्न

धनकुटा — ज्योतिष वास्तु तथा तन्त्रलाई मर्यादित बनाएर अघि बढ्ने निष्कर्षसहित धनकुटाको भेडेटारमा अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन सम्पन्न भएको छ । गत शनिबारदेखि सुरु भएको सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, मलेसिया, हङकङ लगायतका देशबाट आएका ख्यातिप्राप्त ज्योतिषविद्, तन्त्र साधक, पण्डित तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको थियो ।

सहभागिहरुले आ–आफ्ना देशका परम्परागत तान्त्रिक तथा ज्योतिष पद्धतिबारे अनुभव आदानप्रदान गरेका थिए भने ज्योतिष, वास्तु र तन्त्रसँग सम्बन्धित विज्ञबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । सहभागीले ज्योतिष तथा तन्त्र विद्या मानव जगतको कल्याणकारी भूमिकामा रहेकोले मर्यादित बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

विश्व ज्योतिष महासंघको आयोजनामा भएको सम्मेलनको गत शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्धाटन गरेका थिए । सम्मेलनमा ज्योतिषीहरुलाई विभिन्न अवार्डद्वारा सम्मान गरिएको थियो ।

विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकनाथ पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव बिष्ट, सभापति लक्ष्मण पन्थी, नेपाल ज्योतिष परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्ले, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रति जोशी श्रेष्ठ, भारतबाट अशोक कुमार मिश्र, प्राडा अनिल मित्र लगायतका ज्योतिषका विद्वानहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img