कोशीको बजेटमा ज्योतिष, वास्तु विद्या अध्ययन पनि प्राथमिकतामा

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा १.७ प्रतिशतले बढी हो ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख र चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख बजेट विनियोजन गरे । वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ ।

ज्योतिष, वास्तु तथा तान्त्रिक विद्या अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने विषय पनि बजेटमा समेटिएको छ । यो शीर्षकमा बजेटको अंक भने तोकिएको छैन ।

बजेट वक्तब्यको बुँदा नं. १०९ मा लेखिएको छ, ज्योतिष, वास्तु एवम् तान्त्रिक अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक व्यवस्था मिलाएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

कर्णाली अटोमोबाइल्स एशोसिएशनको नयाँ नेतृत्व : केही योजना सार्वजनिक

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img