सुरेशणि त्रिपाठी
नेपाली सेनाको प्रधान सेनापतिले देशलाई जल्न र लुटपाट बाट जोगाउन नसक्नुको कारण “सिमेन्ट र फलामको संरचना फेरी बनाउन सकिन्छ तर गुमेको जीवन फेरी फर्काउन सकिदैन” भन्ने अभिव्यक्ति सुन्दा जति मार्मिक छ यथार्थमा तेती नै फरक।
सिंहदरवारलाइ सेनापतिले सिमेन्ट र फलामले मात्र बनेको संरचना देख्नुले नेपाली सेनाका सेनापति कति immature रहेछन भन्ने कुराको पुस्टि गर्नुको साथै नेपाली जनताको भावनासंग खेलिरहेको पनि आभास हुन्छ किनभने त्यो संरचना सिमेन्ट र फलामको मात्र नभई प्रतेक नेपालीको भावना र इतिहास जोडिएको छ। त्यो संरचना राष्ट्रियको पहिचान(identity) पनि हो र एकताको प्रतिक पनि हो जसले गर्दा त्यो संरचना जल्दा, लुटपाट, आगजनी, आन्दोलनमा संलग्न व्यक्ति र सेनापति बाहेक प्रतेक राष्ट्रिय प्रेमी नेपालीहरुको मन रोएको छ।
हाम्रो देशको पहिचान(identity) को रुपमा सिंहदरवार भए जस्तै विभिन्न मुलुकहरुको उसका पहिचानका एतिहासिक धरोहरहरु हुने गर्छन। जसले त्यो पुरै राष्ट्रलाइ नै प्रतिनिधित्व गर्ने गर्छ। जस्तै अमेरिकाको White House, बेलायतको 10th Downing Street, र भारतको लाल किला। म हाम्रो देशको प्रधान सेनापतिलाइ प्रश्न गर्न चाहन्छु र उहालाई के आग्रह पनि गर्न चाहन्छु भने एक पटक यी देशहरुमा रहेका आफ्ना सहकर्मीहरुलाई एक पटक सोध्नु होस् , त्यहाँ रहेका यी धरोहरहरु केवल फलाम र सिमेन्टले मात्र बनेका हुन् त?
आज जसरी आफ्नो असफलता लुकाउन प्रधान सेनापतिले सिंहदरवारलाइ सिमेन्ट र फलामले मात्र बनेको भनि जुन हल्का रुपमा टिप्पणी गर्नुभयो, यसले पुरै नेपाली सेना राष्ट्रिय प्रति कति गैरजिम्मेवार र असम्बेदनसिल रहेछ भन्ने कुराको पुस्टि गरेको छ। यो अभिव्यक्तिले आन्दोलनकारीहरुलाइ भोलिको दिनमा आगजनी र लुटपाट गर्न थप बल पुग्नुको साथै यस्तो कार्यलाई बढावा दिएको छ र अर्को कुरा के स्थापित गरिदिएको छ भने भोलि को दिनमा यस्तै प्रकृतिको कुनै आन्दोलन भएछ र त्यति बेला यस्तै GenZ (बालपन) भएको अर्को कुनै सेनापति आएछ र आन्दोलनको क्रममा आन्दोलनरत कुनै अराजक तत्वहरुले राष्ट्रिय झन्डालाइ नै जलयेछन भने के त्यतिबेला पनि चार मीटरको रातो, सेतो, र निलो रंगको कपडा फेरी सिलाउन सकिन्छ तर गुमेको ज्यान फेरी फर्काउन सकिदैन भन्ने अभिव्यक्ति नआउला भन्न सकिदैन। त्यति बेला यो देश देश रहदैन। देशकै अस्मिता माथि प्रधान सेनापतिले ठुलो खेलवाड गरेको देखिन्छ।
यो आन्दोलनमा नेपाली सेना एकदमै नराम्रोसंग फसेको देखिन्छ। किनभने अबको दिनमा कुनै आन्दोलन भएछ र आन्दोलनकारीहरु उसको मुख्यालय(headquarter) अथवा ब्यारेक भित्र छिर्न प्रयास गरेछन वा प्रयास गर्दा सेनाको गोलीबाट एउटा पनि आन्दोलनकारीहरुको ज्यान गयो भने उसले दिएको अभिव्यक्ति उसैकोलागी गलपासो हुने निश्चित प्राय छ। त्यति बेला प्रश्न उठ्न सक्छ सेनाको मुख्यालय अथवा Barrack सिंहदरवार भन्दा फरक तत्वले बनेको रहेछ त?
आजसम्मको नेपालको इतिहासमा यस्तो विषम परिस्थितिमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा ससस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रही एक आपसमा राम्रो तालमेल गरि हरेक चुनौतीको सामना गर्दै आएका थिए तर यसपटक आन्दोलनको पहिलो दिनको बेलुका बसेको राष्ट्रिय सुरक्षाको बैठकमा ब्याप्त सुरक्षा जोखिमको जानकारी नेपाल प्रहरीले गराउदा गराउदै पनि अर्को दिनको आन्दोलनमा उसलाई backup गर्न न त नेपाली सेना र न त ससस्त्र प्रहरी नै मैदानमा आए, उसलाई मैदानमा एक्लै छोडिदिए जसले गर्दा सिमित साधन र स्रोत भएको नेपाल प्रहरीलाई आफ्नो कार्यालय, हतियार र ज्यान जोगाउन नै हम्मे भैरहेको थियो। यस दौरान प्रहरीहरु मारिरहेका थिए, लुटेराहरुले हतियार लुटिरहेका थिए र भवनहरु जलाई रहेका थिए।
यी सबै घटनाक्रम नेपाली सेना(प्रधान सेनापति) मुख दर्शक भई हेरिरहेको थियो। उसको ध्यान केवल प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामामा केन्द्रित थियो र देश जलिरहेको थियो। जब राज्य सरकार बिहिन अवस्था मा पुग्यो ऊ पुरै sleep mode मा बसिदियो जसले गर्दा पुरै देश छिन भरमै खरानीमा तब्दिल भयो। भनिन्छ सेना चौबिसै घण्टा ready to move position मा रहन्छ, तर उसलाई दिउसो दुइ बजे लागिएको कर्फु सेनालाई सहरका विभिन्न ठाउमा उत्रिन रतिको १० बजे सम्म पर्खिनुपर्यो। सेनापतिले यो बीचमा कसको आदेश पर्खिरहेका थिए?
प्रधान सेनापतिले आगजनी र लुटपाटमा संलग्न अराजक तत्वमाथि गोलि चलाउदा बिदेशी शक्ति नेपाल भित्र प्रवेश गर्छन भन्ने अनुमान गर्न सक्ने सेनापतिले देश भित्र एति विध्वंशकरी आन्दोलन हुन गैरहेको किन पूर्व अनुमान गर्न सकेनन् ? बिदेशी शक्ति आउथ्यो आउँथिएन त्यो जनतालाई गुमराह गर्ने कुरा मात्र थियो। एउटा कुरा पक्का के थियो भने जनता माथि दमन गर्दा अलोकतान्त्रिक ब्योहर देखिन सक्ने, जसले गर्दा जागिर नै धराप(UN को जागिर) मा पर्नगई शान्ति missionमा नेपाली सेनाको संख्या भरि मात्रामा कटौती हुन सक्ने डर प्रधान सेनापति जानकार थिए। बिगतमा राजाको साही शाशन कालमा शान्ति mission हरुमा नेपाली सेनाको संख्या घटेको थियो।
सेनाका मध्ये तथा उच्च पदस्थ officer हरु secondment basis को आधारमा United Nations, New York र शान्ति मिशनहरुमा समेत र नेपाली मिशन भन्दा बाहिर रहेर काम गर्ने उच्च तलब तथा अत्ति उच्च तलब अवसतमा मासिक छ हजारदेखि सात हजार डलर ($६,०००-$७,०००) र अधिकतममा बार्ह हजार डलर($१२,०००) तलबमानसमेत धरापमा पार्न सक्ने खतरा हुन्थ्यो । यस्ता आकर्षक जागिरहरुले गर्दा नेपाली सेना फगत काजमा रही नेपालमा कार्यरत हो कि भन्ने सनक आभास सेनापतिको पछिल्लो भूमिकाले महसुस गराएको छ।
बिगत दुइ वर्ष देखि हाल सम्म बिस्वको एक नम्बर वा सबै भन्दा ठुलो UN peacekeeper मुलुक रहदै आएको छ। हाल छ हजार भन्दा बढी नेपाली सेना रहदै आएका छन्। Rotation को आधारमा यो संख्या परिवर्तन भैरहेको हुन्छ।
प्रधान सेनापतिको सूझ बुझको कमि र बक्तब्यले पुरै सेनालै नै प्रश्न र संकाको घेरामा आज उभ्याई दिएको छ।













