दक्षिण एसियाली ज्योतिष महासंघ वागमती प्रदेशको सभापतिमा घिमिरे

काठमाडौँ । दक्षिण एसियाली ज्योतिष महासंघ वागमती प्रदेश समितिको दोस्रो अधिवेशनबाट पुन: सभापतिमा पण्डित टिकाराम घिमिरे चयन हुनुभएको छ ।

जसको उपसभापतिमा कृष्णप्रसाद जैशी, महासचिव कृष्णप्रसाद पोखरेल, उपमहासचिव उमेश दुलाल, सचिव बाबुकाजी डल्लाकोटी, कोषाध्यक्ष माधव पौडेल, सहकोषाध्यक्ष डिल्ली ढुङ्गेल, प्रवक्ता छवि भण्डारी र वरिष्ठ सदस्यहरुमा इन्द्रप्रसाद ढुङ्गेल, सुरेशप्रसाद दाहाल, हसिना रुपाखेती र सदस्यमा प्रशान्त भट्ट, ध्रुवक्षितिज पन्थी, अजयसिंह थापा, धनन्जय कुँइकेल, पदमप्रसाद अमागाईं र जिता सिंह बुढा मगर चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष डा.सहदेव विष्ट, सभापति आचार्य लक्ष्मण पन्थी, राष्ट्रिय समिती नेपालका सभापति पण्डित खिलनाथ काफ्ले, केन्द्रीय महासचिव भरतमणी ज्ञवाली, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी जोशी, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिव आचार्य शिवलाल पौडेल, विश्व ज्योतिष महासंघ वागमति प्रदेश सभापति धनिश्वर खनाल लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सहमहासचिव सरस्वती श्रेष्ठ, कोषाध्यक्ष आचार्य लक्ष्मण गौतम, प्रवक्ता रविन पङ्गेनी, सहकोषाध्यक्ष ऋषिराज घिमिरे, राष्ट्रिय समितिका वरिष्ठ उपसभापति दुर्गामणी गौतम, कोषाध्यक्ष फुलमाया शर्मा न्यौपाने, सदस्य विन्दा भट्टराई काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्र सभापति टिकाराम घिमिरेको सभापतित्व, महासचिव कृष्णप्रसाद पोखरेलको सहजीकरणमा भएको थियो भने दोस्रो सत्र राष्ट्रिय समितिका सभापति खिलनाथ काफ्लेको सभापतित्व एवम् महासचिव रविन पङ्गेनीको सहजीकरणमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img