२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार
spot_img

बुटवल जेसीजको ५२ औं पदस्थापन

बुटवल ।  बुटवल जेसीजको ५२ औं पदस्थापन तथा सम्मान कार्यक्रम माघ २४ गते बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले युवाहरू नै समाज परिवर्तनका मुख्य संवाहक भएको उल्लेख गर्दै जेसीजले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र उद्यमशीलताको क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय भएको र बुटवलको समग्र विकासमा जेसीजको योगदान अझ प्रभावकारी हुने विश्वास लिएको बताए । ५२ औं साधारणसभा तथा शाखा अधिवेशनबाट निर्विरोध निर्वाचित भई पदभार ग्रहण गर्ने पदाधिकारीहरूमा

१. जेसी यदुमणी पोखरेल — अध्यक्ष
२. जेसी मनोजलाल श्रेष्ठ — कार्यकारीणी उपाध्यक्ष
३. जेसी विकास पन्थी — कार्यकारीणी उपाध्यक्ष
४. जेसी शैलेस पाण्डे — उपाध्यक्ष
५. जेसी सरोज पोखरेल — उपाध्यक्ष
६. जेसी सुभाष के.सी. — उपाध्यक्ष
७. जेसी सम्राट विक्रम कुँवर — उपाध्यक्ष
८. जेसी हरि प्रसाद घिमिरे — सह सचिव
९. जेसी प्रज्वल भट्टराई — सह कोषाध्यक्ष
रहेका थिए । निर्वाचन आयुक्तको भूमिकामा विनोद घिमिरे रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष जेसी यदुमणी पोखरेलले बुटवलको सामाजिक, शैक्षिक र आर्थिक विकासमा केन्द्रित कार्यक्रमहरू अघि बढाइने प्रतिबद्धता जनाउँदै भने, “युवाको क्षमता उजागर गर्दै नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन र सामाजिक सेवामा बुटवल जेसीजलाई अझ सक्रिय बनाइनेछ । हामी सबैको सहकार्यबाट संस्थालाई नयाँ उचाइमा पुर्‍याउनेछौं।”

जेसीजको विधानअनुसार अध्यक्ष पोखरेलले महासचिवमा कमल शर्मा, कोषाध्यक्षमा रमेश न्यौपाने, कानुनी सल्लाहकारमा माधव पराजुली र अध्यक्ष सहयोगीमा विनोद पोखरेललाई मनोनीत गरेका छन् । साथै उनले सल्लाहकार तथा निर्देशकहरू समेत मनोनीत गरेका छन् ।

वर्ष २०२५ का अध्यक्ष जेसी मोहन न्यौपानेले पदहस्तान्तरण गर्दै वर्ष २०२६ का अध्यक्ष यदुमणी पोखरेललाई चेन सहित पद हस्तान्तरण गरेका हुन् । सो अवसरमा २०२५ का कार्यकारिणी उपाध्यक्ष विनोद पोखरेल, महासचिव प्रकाश गैरे र उपाध्यक्ष नारायण घिमिरे भावुकलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

पदस्थापन कार्यक्रममा विभिन्न संघसंस्था तथा जेसीज शाखाबाट करिब ४०० जनाको सहभागिता रहेको २०२५ का महासचिवले जानकारी दिएका छन् । कार्यक्रम २०२५ का महासचिव प्रकाश गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img