हप्ताको पहिलो कारोबार सोमबार सामान्य अंकले घट्यो सेयर बजार

समाचार सारांश
Auto Generated by AI
  • नेप्से परिसूचक १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा कायम भएको छ।
  • सेयर बजारमा कारोबार रकम बढेर ४ अर्ब ५७ करोड पुगेको छ।
  • धेरै कम्पनीको सेयर मूल्य घटेपनि अधिकांश समूहगत सूचकमा सामान्य वृद्धि देखिएको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा कायम भएको छ । सोमबारको सेयर बजारमा १२६ कम्पनीको मूल्य बढ्दा १४१ कम्पनीको घट्यो भने ७ कम्पनीको स्थिर रह्यो ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ । गएको शुक्रबार ३ अर्ब ७५ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५७ करोडको सेयर किनबेच भयो ।

सोमबार धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, ग्लोबल आईएमई बैंक, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहेका छन् ।

सोमबारको सेयर कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रह्यो । सो समूहका कम्पनीको १ अर्ब ६० करोडको कारोबार हुँदा वाणिज्य बैंक समूहको ८१ करोड ५४ लाखको करोडको भयो । अधिकांश समूहगत सूचक बढेका छन् ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२६, विकास बैंक ०.२३, होटल तथा पर्यटन ०.०१, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.३०, निर्जीवन बीमा ०.३० प्रतिशत बढे । जलविद्युत् समूह स्थिर अंकमा रह्यो ।

यस्तै, एभरेस्ट कलरको मूल्य सोमबार पनि १५ प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ११.७७, माहुली लघुवित्तको ७.१६, श्रीनगर एग्रिटेकको ४.१३, सागर डिस्टिलरीको ४.०९ प्रतिशत मूल्य बढ्यो ।

फाइनान्स ०.२९, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५७, अन्य ०.८३ तथा व्यापार ०.३३ प्रतिशत घटे । रिलायन्स स्पिनिङ मिल्सको मूल्य ७.४० प्रतिशत घट्यो । सालपा विकास बैंकको ४.३१, भगवती हाइड्रोपावरको ३.३६ प्रतिशत मूल्य घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

अदालतले म्याद थप्न मानेन, एक दिनमै छुटे दुर्गा प्रसाईँ

बनेपामा जनै बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल

प्रधानमन्त्री बालेन शाह शीतल निवासमा

राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img