बाढीपीडितका लागि नेपाल ज्योतिष परिषद्को २,२३,१४३।– रकम सहयोग

समाचार सारांश
Auto Generated by AI
  • नेपाल ज्योतिष परिषद्ले रसुवाको बाढीपीडितका लागि दुई लाख तेईस हजार एक सय त्रिचालीस रुपैयाँ सहयोग गरेको छ।
  • परिषद्का सचिवले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ।
  • परिषद्ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम पदाधिकारी र विभिन्न समितिबाट संकलन गरेको हो।

काठमाडौं । भाद्र १० गते गएको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका नेपाल ज्योतिष परिषद्ले एकमुष्ट रुपमा लागि दुई लाख तेईस हजार एक सय त्रिचालीस रुपैयाँ सहयोग गरेको छ ।

परिषद्का केन्द्रीय सचिव शिवलाल पौडेलले बुधबार ग्लोबल आइएमई बैँक डिल्लीबजार शाखामा गएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

नेपाल ज्योतिष परिषद्ले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्, महामारी तथा विभिन्न सामाजिक कार्यमा यसअघि पनि राहत तथा सहयोग उपलब्ध गराउँदै आएको केन्द्रीय अध्यक्ष केशवप्रसाद धितालले जानकारी दिनुभयो ।

भाद्र १० गते बुधवार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिले आफना केन्द्रीय समितिका इच्छुक पदाधिकारी सदस्यहरु तथा इच्छुक प्रदेश तथा जिल्ला समितिहरुबाट आएको रकम एकमुष्टरुपमा जम्मा गरेको कोषाध्यक्ष पवित्रा श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारको अपिलपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा निजी क्षेत्र, विभिन्न व्यावसायिक घराना, संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

अर्घाखाँचीबाट बाढीपिडितलाई आर्थिक सहयोग

आज प्रतिनिधिसभाको बैठक बस्दै

क्यानडामा पहिलोपटक गंगा आरती आयोजना

विपद्‍मा सरकारी स्रोत साधनले मात्रै सम्भव हुँदैन, सरकारलाई साथ दिन तयार छौं : गगन थापा

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img