बुद्धको भूमिमा रावण प्रवृत्तिको विकास

समाचार सारांश
Auto Generated by AI
  • नेपालीहरूले बुद्धको शान्ति सन्देश भाषणमा मात्र सीमित राखी व्यवहारमा भने अहंकार र प्रतिशोधलाई अँगालेका छन्।
  • शक्ति र स्वार्थका लागि रावणको जस्तो दम्भ र सुपर्णखाको जस्तो ईर्ष्यापूर्ण प्रवृत्तिले समाजलाई गलत दिशामा धकेलिरहेको छ।
  • सभ्य समाज निर्माण गर्न भाषण भन्दा पनि बुद्धका करुणा र सहिष्णुताका गुणहरूलाई आफ्नो आचरणमा उतार्न जरुरी छ।

सुरेशमणि त्रिपाठी

विश्वमा शान्तिका अग्रदूतका रूपमा परिचित गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गर्वको विषय हो। तर हामी बाहिर तथा विश्वका ठूला–ठूला मञ्चमा उभिएर बुद्धका विचार (करुणा, प्रेम र सद्भाव) तथा उहाँले दिनुभएको शान्तिको सन्देशको चर्चा गर्न पछि पर्दैनौँ। तर हाम्रो व्यावहारिक जीवन, आचरण, सामाजिक तथा राजनीतिक संस्कारलाई नियाल्दा भने बुद्धका विचारलाई आत्मसात् गर्नुको सट्टा लङ्काका राजा रावण र सुपर्णखाका अहंकार, प्रतिशोध र राक्षसी प्रवृत्तिलाई अँगालेको देखिन्छ। अझ दुःखद पक्ष त के छ भने हामी आफ्ना सन्ततिलाई समेत यही गलत मार्गमा हिँड्न प्रेरित गरिरहेका छौँ।

बुद्धले तृष्णा, अहंकार, क्रोध र अज्ञानतालाई मानिसका सबैभन्दा ठूला शत्रुका रूपमा लिनुभएको थियो। तर आज नेपाली समाजमा यसको ठीक विपरीत धैर्यको अभाव, शक्ति र पहुँचका आधारमा अरूलाई होच्याउने, धम्क्याउने, शक्तिशाली बन्ने होडबाजी गर्ने तथा आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्न तयार हुने प्रवृत्ति तीव्र रूपमा विकास हुँदै गएको छ।

रावणको अहंकार र दम्भ:

पौराणिक कथाअनुसार रावणसँग अथाह ज्ञान र शक्ति थियो। तर उसको अत्यधिक अहंकार, सर्वसत्तावादी सोच, शक्तिको प्रदर्शन र आफूलाई नै सर्वेसर्वा ठान्ने प्रवृत्तिले अन्ततः उसको पतन भयो। आज हाम्रो राजनीति, प्रशासन र व्यक्तिगत जीवनमा पनि यही प्रकारको दम्भ देख्न सकिन्छ। आलोचना सुन्न नसक्ने, आलोचना गर्ने व्यक्तिलाई मन नपराउने, फरक विचार राख्ने व्यक्तिलाई दण्डित गर्ने तथा पद र शक्तिको अत्यधिक दुरुपयोग गर्ने प्रवृत्ति व्यापक रूपमा बढ्दै गएको छ। आफूलाई सर्वश्रेष्ठ ठान्ने र अरूको अस्तित्व तथा विचारलाई स्वीकार गर्न नसक्ने संस्कारले समाजलाई गलत दिशातर्फ धकेलिरहेको छ।

सुपर्णखाको ईर्ष्या र विखण्डनकारी प्रवृत्ति

पौराणिक कथामा सुपर्णखालाई ईर्ष्या, प्रतिशोध र द्वेषपूर्ण प्रवृत्तिसँग जोडेर हेरिन्छ। आज हाम्रो समाजमा एकअर्काप्रतिको असहिष्णुता, सामाजिक सञ्जालमार्फत फैलाइने घृणा (Hate Speech), चरित्रहत्या, भ्रम र द्वेषपूर्ण अभिव्यक्तिहरू यसै प्रवृत्तिका आधुनिक रूप हुन्।आफूभन्दा फरक विचार राख्ने व्यक्तिलाई शत्रु ठान्ने, अरूको प्रगतिमा ईर्ष्या गर्ने, प्रतिशोधको भावना राख्ने र समाजमा विभाजन सिर्जना गर्ने प्रवृत्ति बढ्दै जानु सभ्य समाजका लागि गम्भीर चिन्ताको विषय हो।

बद्धको सन्देश भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ
हामीले केवल बुद्ध जन्मिएको देश भनेर गर्व गरेर मात्र हुँदैन, हाम्रो आचरण र व्यवहारमा पनि बुद्ध झल्किनुपर्छ। देशभित्र रहँदा हिंसालाई बल पुग्ने अभिव्यक्ति दिने, हिंसात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने र सहयोग गर्ने तर विश्वका ठूला मञ्चमा उभिएर बुद्धको शान्ति सन्देश सुनाउने दोहोरो चरित्रले बुद्धका विचारलाई खोक्रो राष्ट्रवादको नारा र पोस्टरमा मात्र सीमित बनाउँछ।

बुद्धको वास्तविक सम्मान उहाँको जन्मभूमिमा जन्मिएको गर्व गर्नुमा मात्र होइन, उहाँले देखाउनुभएको करुणा, प्रेम, अहिंसा, सहिष्णुता र विवेकको मार्गमा हिँड्नुमा छ। हाम्रो बोली, व्यवहार, निर्णय र सामाजिक जिम्मेवारीमा बुद्धका विचार प्रतिबिम्बित हुन आवश्यक छ।

अन्त्यमा…
समाज र देश निर्माण गर्नु छ भने सबैभन्दा पहिले आफ्नै मनभित्र रहेको रावण अर्थात् अहंकार, दम्भ र शक्तिको उन्मादलाई त्याग्नुपर्छ। त्यसैगरी सुपर्णखाको प्रतीकका रूपमा बुझिने ईर्ष्या, प्रतिशोध, द्वेष र विखण्डनकारी प्रवृत्तिलाई पनि विसर्जन गर्न सक्नुपर्छ। हामीले बुद्धको करुणा, प्रेम, सहिष्णुता र विवेकलाई आफ्नो जीवनको मार्गदर्शन बनाउन सक्यौँ भने मात्र सभ्य, शान्त र समुन्नत समाज निर्माण सम्भव छ।

बुद्ध जन्मिएको देशको नागरिक हुनु गर्वको विषय हो, तर बुद्धका विचारअनुसार जीवन जिउन सक्नुचाहिँ वास्तविक गौरव हो। बुद्धको जन्मभूमि नेपाललाई साँच्चिकै शान्तिको देश बनाउने हो भने बुद्ध हाम्रो भाषणमा होइन, हाम्रो व्यवहारमा देखिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

सुदूरपश्चिम त साँच्चै नै ‘दूर’ रहेछ: भौगोलिक विकटताले भन्दा चेतनाको स्तरले!

गाउँदेखि सहर, सहरदेखि फेरि गाउँसम्मको जीवनकथा बोकेको ‘जिन्दगी’ गित बजारमा (भिडियो)

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img