महामन्त्री शर्माकाे नेतृत्वमा यसरी तयार हुँदैछ कांग्रेसकाे घोषणापत्र

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र निर्माण प्रक्रिया थालेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र तयारी समितिले घोषणापत्र निर्माण गरिरहेको छ । पार्टीका ६ जना सहमहामन्त्री, सात जना केन्द्रीय सदस्य, विभिन्न क्षेत्र र वर्गका विज्ञ सम्मिलित समितिले घोषणापत्र तयार पार्दैछ ।

सहमहामन्त्री जीवन परियार संयोजकत्वको अध्ययन र विश्लेषण उपसमितिले पार्टीको स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्र अध्ययन गरिरहेको छ । यस्तै अर्थविद् डा. स्वर्णीम वाग्ले संयोजकत्वको उपसमितिले घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारिरहेको छ ।

कांग्रेसले सबै प्रदेशमा बेग्लाबेग्लै घोषणापत्र बनाउने तयारी थालेको छ । सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार र केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई प्रदेशगत समन्वयका लागि जिम्मेवारी दिइएको छ ।

प्रदेश १ मा उपाध्याय, मधेस प्रदेशमा आङ्देम्बे, बागमती प्रदेशमा यादव, गण्डकी प्रदेशमा पाण्डे, लुम्बिनी प्रदेशमा मन्सुर, कर्णाली प्रदेशमा जीवन परियार र सुदूरपश्चिम प्रदेशमा विश्वकर्माको समन्वयमा घोषणा तयारीको काम भइरहेको छ ।

पछिल्लो समय कांग्रेसमा सहमहामन्त्रीहरुको भूमिका बढेको छ । समानुपातिकमा सिफारिस उम्मेदवारको क्लस्टर अनुसारको सूची बनाउने जिम्मेवारी पनि सहमहामन्त्रीलाई नै थियो ।

‘म र मेरालागि तर समग्रमा देशका लागि’

कांग्रेसले छोटो समयमा व्यापक छलफलका साथ घोषणापत्र निर्माण गरिरहेको छ । महामन्त्री शर्माका अनुसार ‘म र मेरा लागि तर समग्रमा देशका लागि’ भन्ने युवा भावनाको लहरलाई घोषणापत्रको अन्तर्वस्तुमा समाहित गरिने छ ।

सस्तो लोकप्रियताको भ्रम नभइ बदलिएको समयको अपेक्षालाई सम्बोधन गर्ने गरी घोषणापत्र सार्वजनिक गरिने महामन्त्री शर्माले बताए । उनले भने, ‘जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता सहितको घोषणापत्र बन्छ ।’

महामन्त्री शर्माका अनुसार शिक्षाबाट वञ्चित, विद्यार्थीको ड्रप आउट, उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता लगायतका समस्या समाधान गर्ने विकल्पसहितको घोषणापत्र बन्ने छ । ‘यो अवधिमा हाम्रा कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा हामी व्यावहारिक घोषणापत्र निर्माण गर्नेछौं,’ शर्माले भने ।

घोषणापत्र लेख्न विभिन्न क्षेत्रका विज्ञ पनि खटिए

कांग्रेसले घोषणापत्र लेख्ने टीममा फरकफरक क्षेत्रका विज्ञ तथा जानकार व्यक्तिलाई समेटेको छ । महामन्त्री शर्मा संयोजकत्वको घोषणा तयारी समितिमा अर्थ, समाजशास्त्र, खेलकुद, साहित्य, मनोरञ्जन, महिला तथा बालबालिका लगायतका विभिन्न क्षेत्रका जानकारलाई सहभागी गराइएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. स्वार्णिम वाग्लेलाई घोषणापत्रको प्रारम्भिक मस्यौदा उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । उनी आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवारका आकांक्षी छन् । चितवनबाट उनको नाम सिफारिससमेत भएको छ ।

०६२÷६३ को जनआन्दोलनको समयमा श्रवण मुकारुङले लेखेको एउटा कविताले सडक आन्दोलन तताउन योगदान गरेको थियो । घोषणापत्रमा सडकको भावना प्रतिनिधित्व गर्न मुकारुङलाई पनि समेटिएको समितिका संयोजक शर्माले बताए । यस्तै ०७४ को निर्वाचनका लागि बनाइएको घोषणापत्रमा खेलकुद शब्दसमेत उल्लेख नगरेको कांग्रेसले यस पटक राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई पनि समिति सदस्य बनाएको छ । ‘नेपालको खेलकुद : पहिचान र उद्योग’ सन्दर्भमा नेपालको खेलकुद जगतका विषयलाई घोषणापत्रमा समावेश गराउन दासको भूमिका महत्वपूर्ण हुने शर्माको विश्वास छ ।

चलचित्र निर्देशक मीन भाम पनि कांग्रेसको घोषणापत्र तयारी समिति सदस्य बनेका छन् । कला र मनोरञ्जनका विषयलाई घोषणापत्रमा समेट्न भामलाई समितिको सदस्य बनाइएको छ । कर्णाली प्रदेशको मुगु निवासी भामको लेखन र निर्देशनमा बनेको ‘कालो पोथी’ फिल्म सन् २०१७ मा विश्व प्रसिद्ध पुरस्कार ओस्कारको मनोनयनमा परेको थियो ।

चितवनको खेती किसानीदेखि युरोपको युनिभर्सिटीसम्म बुझेका डा. सञ्जय महतो थारु पनि घोषणापत्र लेखनमा जुटेका छन् । चितवनको सौराहामा खेती किसानीमा संलग्न उनले राजनीतिक समाजशास्त्रमा विधावारिधी, तथ्याङ्क विश्लेषणका विज्ञता, युरोपको कोपनहेगन युनिभर्सिटीमा ग्लोबल डेभलपमेन्ट विषयमा फिल्ड रिसर्च कोअर्डिनेटरको कार्यसमेत गरेका थिए । उनले समितिमा समग्रमा तथ्याङ्कको तथा विषयगत रूपमा कृषि क्षेत्रको संयोजन गर्ने छन् ।

डायस्पोराको आवाज समेट्न कांग्रेसले दिपेश घिमिरेलाई घोषणापत्र तयारी समितिमा राखेको छ । अमेरिकाको बसाइ छोडेर नेपाल फर्किएका घिमिरे समाजशास्त्री समेत हुन्् । घिमिरे हाल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागमा प्राध्यापन गर्छन् ।

मधेसी महिलाको उत्थानमा कार्यरत डा. प्रीति मण्डलले मधेसी महिलाहरुको शिक्षा र जीवन विषयमा विद्यावारिधी गरेकी छन् । सिरहा घर भएकी मण्डलले मधेसी महिलाको समस्या र तिनको निराकरणको विषयलाई घोषणापत्रमा समावेश गर्नेछिन् । कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद रंगमती शाहीले कर्णालीको मुद्दाका सन्दर्भमा संयोजन गर्ने छिन् ।

पहिलोपटक मतदाता भएकाहरुको भावना घोषणापत्रमा प्रतिनिधित्वका लागि २२ वर्षीय विकल राईलाई कांग्रेसले स्थान दिएको छ । उनी एशोसिएशन अफ युथ अर्गनाइजेसन (आयोन) को केन्द्रीय अध्यक्ष समेत हन् ।

‘सामाजिक रुपान्तरणका लागि नवीन बहस’ को कार्यक्रम ‘ऐना’को रिसर्च हेड प्रकाश लामिछानेलाई घोषणापत्र समितिमा समेटिएको छ । सामाजिक विसंगतिको ‘रुट कज’ अध्ययन तथा अन्त्य गर्ने गरी घोषणापत्र बनाउन लामिछानेको योगदान रहने महामन्त्री शर्माले बताए ।

कांग्रेसले अपाङ्गता क्षेत्रको भौतिक र भावनात्मक प्रतिनिधित्व गराउन भोजराज श्रेष्ठलाई समितिमा राखेको छ । स्वास्थ्य क्षेत्रको प्रतिनिधिका रुपमा डा अञ्जनी झालाई घोषणापत्र समितिमा राखिएको छ । उनी विगतमा डा. गोविन्द केसीका तर्फबाट सरकारसँग वार्ता गर्ने टिममा थिइन् । उनी नेपाल मेडिकल काउन्सिलको पूर्व अध्यक्षसमेत हुन् ।

माइती नेपालकी प्रमुख तथा सीएनएन हिरो अनुराधा कोइराला पनि घोषणापत्र तयारी समितिको सदस्य बनेकी छन् । साथै, इन्जिनियर्स एशोसिएशनका अध्यक्ष डा. हरि दर्लामी मगर पनि समितिमा समेटिएका छन् । दर्लामी मगरले इन्जिनियरिङ क्षेत्रका विषयबस्तु घोषणापत्रमा राख्न सहयोग पु¥याउने महामन्त्री शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img