पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका ६ जना एकै परिवारका

पाल्पा । पाल्पाको जीप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेका पुष्टि भएको छ । प्रहरीका अनुसार उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  दुर्घटनामा श्रीमान्, श्रीमती, सम्धिनी, बुहारी र दुई नातीले ज्यान गुमाएका छन् । देवचुली नगरपालिका-१६ रजहरका ६५ वर्षका कृष्णबहादुर लोहनी र पार्वती लोहनी श्रीमान्, श्रीमती हुन् ।

यस्तै, उनकी बुहारी सबिना र दुई नातीहरू ईसव र सबिसको पनि ज्यान गएको हो । यस्तै, सबिनाकी आमा लमजुङ बेसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको पनि ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका चालक ईश्वर लोहनी कृष्णबहादुरका छोरा भएका प्रहरीले जनाएको छ । उहाँको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ । हिजो रानीमहल घुमेर फर्किने क्रममा उनीहरु चढेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच भएकोले उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा घाइते तथा ज्यान गुमाएकाको उद्धार गरिएको थियो । दुर्घटना पछि रजहर गाउँ शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img