वाङ्गला रुपन्देही सम्पर्क समाजको रक्तदान कार्यक्रम सम्पन्न

बुटबल । वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक रूपमा नियमित आयोजना गर्दै आएको रक्तदान कार्यक्रममा ४१ जना रक्तदाताहरुले सहभागिता जनाएका छन् ।

रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले हिन्दु नेपालीहरुको महान चाड दिपावलिको पुर्व सन्ध्यामा धनमन्तरी ऋषिको पवित्र तिथि पारेर आयोजना गरिएको कार्यक्रम आफैमा ठुलो त्याग र दानको उदाहरण भएको भन्दै वाङ्गला रुपन्देही सम्पर्क समाजको कार्यको प्रशंसा गरे ।

कार्यक्रममा रक्तदान अभियानका अग्रज कृष्ण चौहानले रगत नपाए बुटवल जानू भन्ने अभियानलाई सार्थक बनाउने क्रममा वाङ्गला रुपन्देही सम्पर्क समाजले बिगत देखि नै भुमिका निर्वाह गर्दै आएको र यसमा निरंतरताको लागि शुभेच्छा प्रकट गरे ।

समाजका अध्यक्ष प्रकाशमणि खनालले संस्थाले कार्ययोजना बनाएर समाज केन्द्रित विभिन्न गतिविधिहरु संचालन गर्दै आएको बताए । समाजका संस्थापक अध्यक्ष कृष्ण प्रसाद भुसाल, निबर्तमान अध्यक्ष कृष्ण प्रसाद भट्टराई, सल्लाहकार द्वय शिव बहादुर अधिकारी र प्रकाश बस्नेत समेतको उपस्थिति रहेको सह संयोजक बाबुराम भुसालले जानकारी दिए ।

कार्यक्रम प्रकाशमणि खनालको अध्यक्षता, माया बस्नेत कार्किको स्वागत र सचिव मोहन बस्यालको संचालनमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img