भुकम्पपीडितले राहत समयमा पाइरहेका छैनन्, सरकार लागिपरेको छ: हरिवोल गजुरेल

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले भुकम्प पीडितले राहत समयमा नपाइरहेको स्विकार गर्नु भएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग अन्र्तवार्तामा कुरा गर्दै प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार समेत रहनुभएका गजुरेलले जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितले राहत पर्याप्त रुपमा र समयमै नपाएको कुरा यथार्थ रहेको स्विकार गर्नुभएको हो । अपेक्षा अनुसार राहत नपाए पनि पाउँदै नपाएको भन्ने कुरा भने गलत भएको नेता गजुरेलको भनाइ छ ।

प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष पहलमा तीव्र गीतमा देशविदेशबाट आर्थिक सहयोग आइरहेको दाबी गर्दै उहाँले वितरणमा केहि ढिलाइ भइरहेको भए पनि राहत र उद्धारमा सरकार लागिपरेको र सबैलाई चाँडै पु¥याउने विश्वास दिलाउनुभयो । पीडितले भोगिरहेको पिडा र समस्या सरकारले महसुस गरिरहेकाले सोहि अनुसार आफ्नो सम्पूर्ण शक्ती लगाएर राहतमा लागिपरेको नेता गजुरेलले बताउनुभयो ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ ।
जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा गरी ६१ हजार ९ सय २३ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको सरकारी तथ्याङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img