रुपन्देहीमा देउसीभैलो खेल्नेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा दिए कारबाही हुने

रुपन्देही । रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन प्रशासनले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ । रुपन्देहीमा तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरेको हो । त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img