कांग्रेस एक्लै निर्वाचन लड्छ, अब गठबन्धन गर्दैनः महामन्त्री थापा

अर्घाखाँची । नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने महामन्त्री गगन कुमार थापाले बताए ।चुनाव हारे पनि,नेपालका सबै कम्युनिष्टहरु सवै एक भए पनि, पार्टी एक्लै लड्छ भन्दै नेता थापाले नेपाली जनतामा नेताहरु निर्वाचनका लागी जे पनि गर्छन्,भन्ने परेको छ,अब भ्रस्टचारी लाई जहाँ गए पनि,जो भए पनि छोड्नु हुन्न,पार्टी सम्मालियर अगाडी बढ्नु पर्ने बताए ।

नेपाली काग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनको सन्धिखर्कमा उद्घाट्न गर्दै नेता थापाले यस्तो बताएका हुन् । देशका मुख्य उपलब्धी काग्रेसको नेतृत्वमा भए पनि बिगतमा धेरै गल्ती गरेको स्वीकार गर्दे अब फेरी पनि पार्टी जिम्मेवार भयर पार्टी भित्रका कमि कमजोरीलाई हटाउदै काग्रेस अगाडी नवढे फेरी देशमा अर्को समस्या आउने थापाले बताए । थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुनर्विचार आवश्यक रहेको बताए । समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका संरचना राज्यले थेग्न नसक्ने अवस्थामा पुगेकाले संरचनाको ढाँचामा पुनः मूल्याङ्कन आवश्यक रहेको उनले बताए ।

नेता थापाले सो कुरा बताउँदै अर्को निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने दाबी गर्दै सत्ताका लागि दलले जे पनि गर्न तयार हुन्छन् भन्ने आरोपबाट मुक्त गर्न पनि यो आवश्यक रहेको बताए । धर्म, जातको आधारमा देशलाई विखण्डन गर्न नहुने बताउँदै देशलाई समाल्ने एकमात्र पार्टी कांग्रेस मात्र भएको दाबी गरे ।

कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाह मठमन्दिर, पूजापाठमा जानेगरेको स्मरण गर्दै उहाँलाई सोही नै उपयुक्त रहेको बताउँदै फेरि राजा बन्ने सपना नदेख्न आग्रह गरे । पार्टीमा गुट उपगुट झाङ्गिएको बताउँदै गुट कम गर्न कांग्रेसले अधिवेशनमा समूह र चिट बनाएर निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने थापाको भनाई छ ।

नेता भण्डारीले जनमतद्वारा दुईतिहाइ ल्याएर सविधान संसोधन गरी आफूअनुकूल सिंहदरबारमा आउन पूर्व राजालाई चुनौती दिनुभयो । केन्द्रीय सदस्य मानबहादुर विक, पुष्पा भुसाल, चन्द्र केसी, नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अम्बरसिंह पुनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img