हिन्दुराज्य र राजतन्त्रको पाखण्ड !

सुरेशमणि त्रिपाठी
देशमा पटक पटक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा अर्थात नारा बोकेर राजनीतिक पार्टीहरु र विभिन्न संघ-संस्थाहरु सडकमा ओर्लिदै आन्दाेलन गरिरहेका छन् ।

तर यसपटक फेरी राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा बोकेर अलिक फरक पृष्ट भूमिका व्यक्ति सड्कमा आन्दाेलन मच्चाईरहेका छन् । जुन व्यक्ति आफु स्वयम्: राजतन्त्र फाल्न र धर्म निरपेक्ष राष्ट्र कायम गराउन बिगतका दिनमा सक्रिय थिए l

राजतन्त्र अर्थात राजा बाट प्रत्यक्ष शासन सरकारले नेपालमा २४० वर्ष राज गरे l २४० वर्षको दौरान राजा महेन्द्रको पालामा भारतले तत्कालिन राजा महेन्द्र लाई खुसी पार्न बिश्व हिन्दु महासंगद्वारा राजाको एकदमै विश्वास पात्र तुलसी गिरि लाई प्रयोग गरि राजा महेन्द्र लाइ बिष्णुको अवतारको साथ साथै हिन्दुको सम्राट भनि स्थापना गर्यो र १९६२ को नेपाल को संबिधानले त्यो कुरा घोषणा गर्यो l यो यस्तो समय थियो जब भारत र महेन्द्रको बिचमा तनाब चलि रहेको थियो, त्यही समयमा जवाहर लाल नेहरु, आर एस एस र बिश्वो हिन्दु महासंघ बीच पनि, तेही समयको पर्योग गरेर आर एस एस र राजा महेन्द्र नजिक भएका थिए l

राजा महेन्द्रको विश्वास पात्र तुलसी गिरि आर एस एसको सद्द्स्य बनि यी सबै भूमिका निर्बाहा गरेका थिए l १९६२ को संविधानले घोसणा गरिसके पछि राजाहरुलाई नेपालमा रहेका हिन्दुहरुले बिष्णुको अवतार झैँ पुजन थाले, जुन अवतारले निर्दोष जंगली जनावरको सिकार गरि हर्षो उल्लासका साथ मदिरासँग सेवन गरि रमाउथे l मदिराको सेवनमा यति धुत भए कि हिन्दुहरुको बारेमा पढाई हुने एउटा पनि संस्कृत बिश्वो बिधालय को स्थापना नगरी हिन्दुको सम्राट बिष्णुको अवतार बनि सिन्घासनमा बिराज मान भै रहेका थिए ।

जसको परिणाम आज देशमा हिन्दुहरु पलाएन हुन लागेको अवस्थामा छन् किन भने उनिहरु लाइ येति पनि थाहा भएन कि राजा अवतार हुन् या अवतारि भनि फरक छुत्त्यौन्न सकेनन सायद शिक्षाको राम्रो पहुच नभएकोले पनि होला, जसले गर्दा आज हिन्दुहरु आफ्नो धर्म, पहिचान, संस्कृति जोगाउन छिमेकि राष्ट्र को सहयोग र सहारा को आडमा सडक आन्दोलन गरिरहनु परेको छ l

नेपालमा गरिने धर्म, संस्कृति र कुनै पनि प्रकारको राजनीतिक आन्दोलन बिसुद्ध नेपालीहरुकै हामि आफैले गर्ने आन्दोलन हो भनि प्रचार गर्नु भनेको मुर्ख जनता लाइ पटमुर्ख बनाउनु बाहेक केहि होइन l

स्मरण रहोस् बिपीले देशलईइ हिन्दु राष्ट्र घोषणा गर्नु भनेको जन्ता संग ठुलो धोका हो भनेर भनेका थिए जुन कुरा कृष्ण खरेलले लेखेको किताब चेताना, चिन्तन र राजनीतिमा पनि बिपीको त्यो विचार उल्लेख गरेको छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img