काम गरेर ०८४ मा छाती पिटेर भोट माग्न कांग्रेसका जनप्रतिनिधिलाई गगनको निर्देशन

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव जित्न मुद्दा बोकेर होइन काम गर्नुपर्ने बताएका छन् । बुटवलमा शुरु भएको प्रथम प्रदेश सम्मेलनको उद्घाटनमा बोल्दै पार्टीलाई सञ्चालन गर्न समीक्षा र संकल्प गर्दै गर्दा आमजनता र कार्यकर्ताहरुको भावनालाई बुझ्नुपर्ने बताए ।

केही दलहरुले मिसन–०८४ को नाममा सभा गर्दै आफूहरुले परिवर्तन ल्याउने भन्दै हिँडेकोले त्यो सभा र भाषणले कुनै परिवर्तन नल्याउने जनाउँदै २०८० देखि ०८४ सम्म नेपाली कांग्रेसले महत्त्वपूर्ण कामहरु गर्नुपर्ने उल्लेख गर्दै कांग्रेसलाई त्यो भन्दा अरु केही गर्न नपर्ने जनाए ।

हमासको बन्धकमा रहेका नेपाली युवा विपिन जोशीका बाआमालाई छोराको सकुशल उद्धार गरी ल्याउन कांग्रेस सम्मिलित सरकारले आभास दिलाउन सक्नुपर्ने बताउँदै उनले राजनीतिक दलको भूमिका निर्वाह गर्नुपर्ने जनाए ।

उनले पछिल्लो समय जनतामा चरम निराशा छाएको, आक्रोश र पीडा दलहरुकै कारणले भएको भन्दै कांग्रेसका सबै प्रतिनिधिलाई काम गरेर देखाउन आग्रह गरेका छन् ।

उनले नागरिक रिसले रन्थनिएको भन्दै देशमा अनेकौँ समस्याका खाडल रहेको भन्दै यो समस्यालाई हल गरेर देश र जनतालाई सहुलियत र सहजता ल्याउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img