उम्मेदवार छान्दा जुन तहको टिकट चाहिन्छ, त्यहाँका सदस्यले छान्ने व्यवस्था भए गुट हराउँछः महामन्त्री थापा

तनहुँ  । कांग्रेसका महामन्त्री गगन थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टी विधान अनुसार चल्नुपर्छ ।

महामन्त्री थापाले भने, “विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ । दण्डको व्यवस्था भएमात्रै पार्टी विधानबमोजिम चल्न सक्छ । त्यसमा हामीले छलफल चलाइराखेका छौँ ।” महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने जनाउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनैपर्ने बाध्यता रहेको समेत बताए ।

उनले भने, “अहिले पार्टीभित्र जुन पद्धति छ त्यसका आधारमा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो । हामी सबैले गुटको अन्त्य हुनुपर्छ भने पनि भित्रभित्र गुटमै रमाइराखेका छौँ ।” हामीहरु गुटलाई बलियो नबनाएसम्म निर्वाचन लड्दा टिकट पाईदैँन कि भन्ने डर छ ? त्यसकारण गुटको अन्त्यका लागी पार्टीका टिकटहरु वितरणको जिम्मा स्थानिय कार्यकर्तालाई दिनुपर्ने बताए ।

स्थानिय स्तरमा काम गरेको नेता जुन बलियो देखन्छ, उसैले टिकट पाउँनुपर्छ, उदाहरणका लागि वडा अध्यक्ष टिकट वडाका क्रियाशिल सदस्यले छान्ने व्यवस्था हुनुपर्छ ।

“अहिले जसरी टिकट बाँडिएको छ त्यो ठीक छ वा उम्मेदवार छान्दा जुन तहको सदस्य हो त्यहाँका सदस्यले छान्ने परिपाटीका विषयमा छलफल अगाडि बढाएका छौँ ।”

फरक प्रसंङ्गमा महामन्त्री थापाले भने, संसद्मा निर्वाचन कानुनका विषयमा छलफल अगाडि बढाउन लागिएको जनाउँदै महामन्त्री थापाले एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय पार्टी नबन्ने उल्लेख गर्न सकिने चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img