रोज राणा : फिल्म नायक र निर्माता हुँदै लुम्बिनीको मन्त्री

बुटवल : लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, कृष्णा के.सी. र सरोज थापा ।

नेकपा माओवादी केन्द्रबाट शहरी विकासमन्त्री बनेकी कृष्णा के.सी. र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका रोज राणा (सरोज थापा)  ले प्रदेश प्रमुखबाट आइतबार बुटवलमा सपथ लिए ।

बाँकेकी के.सी.र प्युठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री बनाए ।

के.सी. र राणा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

फिल्म नायक र निर्माता हुँदै लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका रोज राणा 

नवनियुक्त प्रदेशमन्त्री सरोज थापा, रोज राणा नामले बढी चिनिन्छन् ।

रोज राणा आफ्नो निक नेम भएको बताउँछन् उनी, नेपाली चलचित्रमा राणाको नाम परिचित नै छ,  राजनीतिमा पनि उनी चर्चामा आउन सफल बने ।

उननले आधी दर्जा भन्दा बढी चलचित्र निर्माण गरेका छन् । उनले निर्माण गरेका चलचित्रहरुमा ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ ’ जस्ता चलचित्रहरु हुन् ।

बीचमा उनी निर्देशकीय भूमिकामा समेत उत्रिए । उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशन समेत गरेका छन् ।

उनी नायक समेत बने । ‘ म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रका नायकसमेत हुन्, रोज राणा ।

चलचित्र क्षेत्रमा रोज राणाको परिचय यतिमै सीमित छैन, उनी नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष बन्न सफल भएका थिए ।

कलाकर्मीबाट नेपालको मन्त्री बन्ने राणा पहिलो व्यक्ति भएको बताइएको छ ।

यो त भयो, चलचित्रमा रोज राणा, अब राजनीतिक परिचयको चर्चा गरौं ।

नेपाली कांग्रेसमा ढिला सक्रिय बनेको भएता पनि चलचित्रमा क्षेत्रमा जस्तै राजनीतिमा पनि आफ्नो प्रभाव देखाउन सफल भए उनी र धेरै आकांक्षीहरुलाई पन्छाउँदै मन्त्री बन्न सफल भए।

हुनत २०७९ सालको मंसिर ४ गते भएको संघ तथा प्रदेशको निर्वाचनमा प्युठान जिल्लाबाट प्रदेशका लागि उम्मेदवार बन्दा देखि नै,  चर्चामा थिए रोज राणा अर्थात् सरोज थापा ।

फिल्मी क्षेत्रमा चर्चित रोज राणा एकाएक कसरी प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्दा सबैलाई नौलो भयो, अन्य प्रभावशाली आकांक्षीलाई पछि पारेर पार्टीभित्र पहुँच देखाए । तर, उनी जिल्लाको प्रदेश सभापति भइसकेको र जिल्लामा बेग्लै प्रभाव जमाएको अनुभव निर्वाचनको नतिजामा देखाए पनि ।

किनकी सरोज थापाले वि.सं. २०५४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । त्यसपछि राजनीतिक यात्रा शुरु गरेका उनले नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं २ को क्षेत्रीय सभापति दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

सायद, चलचित्रकर्मीका रुपमा मात्रै चिन्नेका लागि सरोज थापाभन्दा रोज राणाको नामले परिचित उनको यो पृष्ठभूमि थाहा नहुन सक्छ ।

प्युठान जिल्लाको संघीय निर्वाचन र प्रदेशसभा क्षेत्र नं ‘क’ मा फराकिलो मतान्तरले एमालेका उम्मेदवार विजयी भए तर उनले आफ्नो प्रदेशमा जित निकालेर सबैलाई आश्चर्यमा पारे ।

उनी प्युठानको प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट लुम्बिनी प्रदेशसभा सदस्यमा २२ हजार ५ सय १९ मत ल्याएर निर्वाचित भए । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीका अन्त्यन्तै विश्वासप्राप्त मानिने एमाले उम्मेदवार हरि रिजाललाई १ हजार ७ सय १२ मतान्तरले पराजित गरे ।

उनको जित नेपाली कांग्रेसका लागि प्युठान जिल्लामा ३१ वर्षपछिको जित थियो, निर्वाचन जितेर कांग्रेसको साख फर्काउन उनी सफल भए र व्यक्तिगत हाइट बढाए ।

कम्युनिष्टको बलियो आधार इलाका रहेको प्युठानबाट कांग्रेसलाई जित दिलाएपछि उनको चर्चा थप बढ्यो, केन्द्रमा पनि राजनीतिक रोज राणा अझ चिनिए ।

र त, राणा प्रदेश सांसद बनेको पहिलो पटकमै मन्त्री बने ।  लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् ।

लुम्बिनी प्रदेशमा कांग्रेसभित्रै कसलाई मन्त्री बनाउने भन्ने विषय ९ महिनादेखि छलफलमा थियो ।  कहीले कसको नाम त कहिले कसको नाम संचारमाध्यममा सार्वजनिक भएको थियो ।

मन्त्री बन्ने लाइनका एक दर्जन सांसदको नाम आउँदा पनि रोज राणाको नाम कतै गुन्जायस थिएन, तर, शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनको नाम प्रस्ताव गरेपछि सबैलाई ‘सरप्राइज’ भयो ।

चलचित्र क्षेत्रमा जस्तै राजनीतिक क्षेत्रमा पनि उनले पद लिए, ‘सरप्राइज’ तरिकाले । सर्वसम्मत भएको जसरी, किनकि चलचित्र क्षेत्रमा उनले हासिल गरेका चलचित्र निर्माता संघको केन्द्रीय सदस्य, महासचिव र उपाध्यक्ष यी तीन वटै पदमा सर्वसम्मत भएका थिए उनी ।

राजनीतिमा पनि उस्तै भयो । उनले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरे ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ ग्रहण गराए ।

लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रालयमा गएर सरोज थापाले पदभार समेत सम्हालिसकेका छन् ।

जिल्लाका युवाहरुमा लोकप्रिय ४१ वर्षीय रोज राणाले सम्हालेका मन्त्रालयमा श्रम पनि पर्छ, उद्योग पनि पर्छ ।

हेरौं, लुम्बिनी प्रदेशबाट पनि रोजगारीका लागि विदेशीने युवाहरुको संख्या बढ्दो छ, प्रदेशमन्त्रीका रुपमा उनको कार्यकाल कस्तो हुने हो ?  आगामी दिनमा नै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img