राष्ट्रिय स्वतन्त्र पार्टी जुकेनाको प्रथम वडा अधिवेशन, अध्यक्षमा भविन्द्र शाही

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी शितगंगा ५ अर्घाखाँचीको प्रथम अधिबेशन आज जुकेनामा सम्पन्न भएको छ ।
पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालले घण्टी बजाएर उद्घाटन गरेको अधिवेशनले आयोजक समितिका संयोजक भविन्द्र शाहीको सभापतित्वमा वडा समितिको चयन गरेको छ ।

समितिको सदस्यहरुमा पान बहादुर नेपाली, बिरे कामी, माया अधिकारी, भेषराज पौडेल, युवराज गैरे, हुम बहादुर उचै मगर, ढुनकला पौडेल र माया पौडेल सदस्य रहेको वडा समितिको गठन गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला संयोजक भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता आचरण, व्यवहार र कार्यशैलीका हिसावले पनि फरक हुनुपर्ने बताए । हामीलाई अरुजस्तै हुने छुट छैन भुसालले भने स्वतन्त्र पार्टीको नेता रोलमोडल हुनुपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी कुनैपनि खालको भागवन्डाको पक्षमा नरहेको बताउदै भुसालले विधी कायम गर्ने सवालमा सतिसाल बनेर अगाडी बढ्न पार्टी सदस्यहरुलाई अनुरोध गरे ।

कार्यक्रममा रास्वपाको क्षेत्रीय सभापति कमल प्रसाद मरासिनी, भूमिकास्थान नगर संयोजक चिरन पन्थी, शितगंगा ३ का पूर्व वडा अध्यक्ष हेमनाथ भुसाल, शितगंगा ५ का पूर्व वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img