बोर्डरबाट आउने पर्यटकलाई बाटोमै फूलमाला लगाएर स्वागत गरौँः मन्त्री रोज राणा

बुटवल । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले होलट तथा रेष्टुरेन्ट व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् ।

शनिबार बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आयोजना गरेको फुडफेस्टीभलको कार्यक्रमलाई सम्बोधन गर्दै राणाले व्यवसायीहरुलाई आफ्ना माग लिएर छलफल गर्न आग्रह गरे । उनले आफ्नो मन्त्रालयबाट हुने सहयोग गर्न तयार रहेको बताए ।

उनले भने, ‘हामी व्यवसायीहरु ऋणमा छौँ अथवा हामीले केही प्रयासहरु गरिरहेका छौँ भन्ने कुरा सबैले बुझिरहेका छौँ । म अलिक कडा बोल्छु । अलिक तिखो बोल्छु । सायद धेरैलाई चित्त नबुझ्ला । आयोजकलाई पनि यसलाई बोलाएर ल्याएर आइयो यसले यसो कुरा ग¥यो भन्नु होला । यसको लागि माफी चाहन्छु ।’

‘म यस्तो कार्यक्रमको विपक्षमा छु । जसले नेताभरि जम्मा गरेर भाषण गर्ने कार्यक्रमको विपक्षमा छु । तपाईहरुको समस्या के हुन् रु म उद्योग मन्त्री हुँ । आउनुस् । के गर्नुपर्छ छलफल गरौँ’, उनले भने, ‘मैले यहाँ के तपाईहरुको काम गर्दैन भन्छु होला रु स्टेजमा आएर कुनै नेता बोल्दै गर्दा हैन म गर्दैन भन्छु होला रु यसरी तपाईहरुको समस्या समाधान पक्कै हुँदैन ।’

मन्त्री राणाले भने, ‘खेलराज दाई ९बुटलव उपमहानगरपालिकाको मेयर खेलराज पाण्डे० यहीँ हुनुहुन्छ । यहाँको नगरप्रमुख यहीँ हुनुहुन्छ । सीडीओ साप हुनुहुन्छ । संघीय सांसद हुनुहुन्छ । बसौँ छलफल गरौँ । तपाईहरुलाई व्यसाय गर्न के ले रोकेको छ रु हामी त्यसमा सहकार्य गरौँ ।’

उनले भने, ‘अहिले तपाईहरुले नेतालाई लगेर खाना चखाएर, के नेताहरुले चखाएको खानाले पैसा उठ्छ रु यो पक्कै हुँदैन । म यस्तो चिजहरुको विपक्षमा छु ।’

‘तपाईहरुले झाँकी देखाउनु हुन्छ यहाँ रु ल थारु संस्कृति देखाउने हो भने माघ १ गते के गर्ने हो रु त्यसको लागि तयार हौँ । सरकारले के गर्नुपर्ने हो रु नगरले के गरेको छ रु त्यसको लागि तयार गरौँ’, उनले भने, ‘भीआईपीहरु जम्मा हुँदा यति धेरै सुरक्षाकर्मी जम्मा भएका छन् । उनीहरुलाई काम गर्न दिऔँ । हामी हाम्रो काम गरौँ । हाम्रो काम नीति र नियम बनाउने हो ।’

‘हामी जे कामको लागि आएका हौँ त्यहीँ गरौँ । उद्योग तथा यातायात व्यवस्था मन्त्रीको हैसियतले मैले के गर्ने हो दिल र ज्यान दिएर सहयोग गर्छु’, उनले भने ।

‘उद्योग व्यवासयी निकै समस्यामा छन् । मर्कामा छन् । अहिले चार वटा विदेशबाट आएका पर्यटकलाई माला लगाउने अवस्था आयो’, मन्त्री राणाले भने, ‘भारतबाट स्वर्गद्वारी जान हजारौँ पर्यटक आउँछन् । बोर्डरबाट आएको गाडीलाई स्वर्गद्वारी जाँदा बीस ठाउँमा चेकजाँच हुन्छ । आजित भएर जान्छ । चेकजाँच गर्ने हो भने बोर्डरमा गर्दा हुन्छ । जे गर्नुछ बोर्डरमा गरौँ । बोर्डरबाट हिँडेपछि उनीहरुलाई बाटोमा फूलमाला लगाइँदिऔँ । लुकेर बस्ने विदेशी, अनि प्रहरीले टर्च लाइट बालेर नमबर प्लेट हेर्छ । भारतीय हो कि होइन भनेर । यसरी पर्यटक कसरी आउँछ ।’

मन्त्री राणाले भने, ‘कार्यक्रममा नजाऔँ भन्यो । हार्नै नसक्ने व्यक्तिले बोलाउनु हुन्छ । फेरि राजनीतिमा असर पर्छ कि भनेर जानैपर्छ ।’

‘व्यवसाय गर्ने बेला व्यवसायीले ८ ९ प्रतिशतको दरले व्याजदरमा ऋण लिएर व्यवसायी गर्छ । अर्को वर्ष १५ प्रतिशतसम्म व्याज बढ्छ । व्यवसायीले कसरी तिर्न सक्छ रु त्यसलाई समाधान गर्नेतिर लागौँ’, मन्त्री राणले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img