ओलीसँग भेटेपछि विश्वप्रकाशले भने- पहिलेको सहकार्यले शान्ति र संविधान प्राप्त भयो, अब शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्नुछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भेटवार्ता गरेका छन् ।

उनले बालकोटस्थित निवासमा पुगेर ओलीसँग भेटेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । भेटका क्रममा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी विषयलाई टुंग्याउने लगायतका विषयमा छलफल भएको शर्माले उल्लेख गरेका छन् ।

उनले भिन्न पृष्ठभूमि र आस्था भएर पनि आफूहरु सँगै उभिँदा शान्ति र संविधान प्राप्त भएको उल्लेख गर्दै अबको सहकार्यले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्ने बताए ।

‘भिन्न पृष्ठभूमि र भिन्न आस्था भएर पनि जब हामी ‘एक ठाँउमा’ उभिएका थियौं, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो’, शर्माले लेखेका छन्, ‘सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुछ, संविधानप्रति अपनत्वको दायरा बढाउनुछ र समुन्नतिको यात्रामा गति बढाउनुछ ।’

दोस्रो जनआन्दोलनका सहयात्रीहरुले देशको साझा कार्यभार पूरा गर्न साझा दृष्टि तय गर्नुपर्ने तथा अर्कोतर्फ त्यो दृष्टिमा नयाँ दलहरुलाई पनि सँगै सहकार्यमा गाँसेर अघि बढ्नुपर्ने आवश्यकता शर्माले औंल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img