ओलीको प्रश्न : सेरेमोनियल रामचन्द्रजी हुँदै हुनुहुन्छ, राजाले चाहिं के गर्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको बहस आवश्यक नै नभएको बताएका छन् ।

४८औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले जन्मँदै शासक हुने सिद्धान्त पाखण्डी भएको बताए । राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै उनले यदि कहीं छ भने राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्ने बताए ।

नेपालमा पनि २०५८ सालमा भएको दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको टिप्पणी गरे । ‘दरबार हत्याकाण्डकै बेला सकिएको हो । हामीले त्यतिबेला उपयुक्त कदम नचाल्ने कमजोरी गरेको हुनाले अलिक दिन डमी राजतन्त्र चल्यो’ ओलीले भने, ‘त्यसले तमासा देखायो, अनि हटाउनुपर्‍यो । संविधानसभाले निर्णय गर्‍यो ।’

उनले अगाडि भने, ‘कुनै प्रोगेसिभ कुरा बाइमिस्टेक गएको भए फर्काउँथ्यौं होला, तर त्यो त अढाइ सय वर्षसम्म जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ ? राजनीतिक, दार्शनिक सैद्धान्तिक, वैचारिक कुनै पनि हिसाबले हुँदैन ।’

उनले राजा चाहिन्छ भन्नेहरुलाई प्रश्न गरे । एकथरी मान्छेहरुले राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्ने गरेको भन्दै एमाले अध्यक्ष ओलीले प्रश्न गरे, ‘सिक्किम राजा सहितको स्वतन्त्र देश थियो । राजा हुँदा देश बच्दोरहेछ ?’

कस्तो राजा ल्याउन खोजेको, दलहरुलाई जेलमा हाल्ने एकदम तानाशाह राजा बनाउन खोजेको भन्दा पनि होइन भन्ने गरेको ओलीले सुनाए । ‘संवैधानिक राजा बनाउन खोजेको भन्छन्’, ओलीले भने, ‘सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त त्यो राजाले चाहिं ?’

‘ट्वाल्ल हेर्ने बाहेक त केही गर्ने त होइन सेरेमोनियल राजाले । अनि त्यहाँ लगेर राख्नेबित्तिकै के हुन्छ त’, राजातन्त्र फर्काउने बहस नै फाल्तु भएको ओलीले बताएका छन् ।

एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका लगि दलहरु एक रहेको बताएका छन् । ‘हाम्रो कपाल त्यत्तिकै फुलेको हैन र, हामी राजतन्त्र फर्किन दिंदैनौं’ ओलीले भने, ‘हामी तनाशाह आउन दिंदैनौं, यो त खुलमखुला छ ।’

शान्ति, सुशासन र विकासका मुद्दासँगै राष्ट्रियताका मुद्दामा पनि दलहरु एक हुनुपर्ने बताए । मिचिएको जमिन फिर्ता ल्याउनुपर्ने भन्दै ओलीले भने, ‘भारत हाम्रो मित्र हो, मित्र भनेपछि हामीले कुरा गर्न सक्नुपर्छ । आफ्नो मर्का खुलेर भन्नुपर्छ, यो मर्का पार्न पाइँदैन भन्न सक्नुपर्छ । अनि, अलिक यो अनकम्फर्टेबल ढंगले कुरा गर्छ, हामी कम्फर्टेबल हुने कम्पिटिसन नगरौं न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img