विश्व हिन्दु युवा सङ्घको प्रसारण विभागमा अर्घाखाँचीका घिमिरे

काठमाडौं । विश्व हिन्दु युवा सङ्घले केन्द्रीय प्रसारण विभागको सह-संयोजकका रुपमा अनन्तप्रसाद घिमिरेलाई मनोनित गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंमा बसेको उपलब्ध पदाधिकारीको वैठकले उनलाई उक्त पदमा मनोनित गरेको हो ।

विश्व हिन्दु युवा सङ्घको स्थापना कालदेखि नै अत्यन्तै सक्रिय घिमिरेले विगत लामो समयदेखि विभिन्न शैक्षिक संस्थाहरुमा अध्यापन गरेको अनुभव लिइसकेका छन् । पुूर्वीय सस्कृति र सभ्यताको संरक्षण एवं सम्बर्द्धनमा काम गर्दै आइरहेका घिमिरे विभिन्न पत्रपत्रिकाहरुमा लेखकका रुपमा समेत रहेका छन् । नेपाली र संस्कृत विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका घिमिरे एक आध्यात्मिक साधक समेत हुन् । रास्ट्रगुरु योगी नरहरिनाथको सिद्धान्तलाई आत्मसात् गर्ने शिष्यको रुपमा उनको परिचय रहेको छ । जस्तोसुकै परिस्थितिमा पनि सत्कर्म र न्यायको पक्षमा लाग्नुपर्छ भन्ने घिमिरेले हिन्दु धर्म र सनातन संस्कृतिको उन्नयनमा अझ बढी लाग्ने बताएका छन् ।

विश्व हिन्दू युवा संघको प्रसारण विभागमा घिमिरेले संगठन, मौलिक धर्म, संस्कृति र सभ्यताको रक्षाको लागि विशेष योगदान गर्नेमा आफू पूर्णरूपमा विश्वस्त रहेको विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताएका छन् ।
त्यसैगरी आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यालय सचिबको जिम्मेवारी दोलखाका रुपिन खड्कालाई दिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img