साथी साकोसमा बसन्त र कृष्ण दुईभाईले स्थापना गरे १० लाखको अक्षयकोष

घनश्याम पौडेल
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्ककका समाजसेवी दुई दाजुभाईले १० लाखको अक्षयकोष स्थापना गरेका छन् । समाजसेवी दाजुभाइ, निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसाल र साथी बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले स्वर्गीय बुवाआमा भोजराज भुसाल र पवित्रा भुसालको स्मृतिमा बुवाको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर साथी वचत तथा ऋण सहकारी संस्थामा १० लाखको अक्षय कोष स्थापना गरेका हुन् ।

साथै उनिहरुले नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखालाई एउटा अक्सिजन कन्सनटेटर मेसिन हस्तान्तरण गरेका छन । स्थापना गरेको अक्षयकोषको रकम दश लाखबाट प्रप्त हुने वार्षिक व्याजबाट दुस्खी,गरिबलाई सहयोग गर्ने तथा जटिल प्रकारका रोग लागेर उपचार खर्चको समस्यामा परेकाहरु लगायत विभिन्न सामाजिक कार्यमा खर्च गरिने साथी साकोसका अध्यक्ष प्रकाश भुसालले बताउँनुभयो ।

साथै अक्षयकोष स्थापना गरेकोमा साथी साकोसको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img