राष्ट्रिय सभा निर्वाचन: गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लुम्बिनीका जिल्ला-जिल्लामा भेटघाट

दाङ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशका सत्ता पक्षीय गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन एकजुट भएर लाग्ने निर्णय भएको छ ।

सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई विजयी बनाउन सबै मतदाताहरूमा अपिल गर्ने निर्णय बैठकले गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पार्टी कार्यालय भालुबाङमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदेशभित्रका सबै प्रदेश सभापति, अध्यक्ष एवं प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मिलित राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति गठन गर्ने सहमति भएको हो ।

जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला नेतृत्व र उम्मेदवारसँग भेटघाट तथा अन्तत्र्रिmया कार्यक्रम माघ २ गतेबाट शुरु गर्न जिल्ला–जिल्ला जाने निर्णय समेत बैठकले गरेको छ । जस अनुसार माघ २ गते पाल्पा र गुल्मी, ३ गते रुकुम पूर्व, ४ गते रोल्पा र प्यूठान, ५ गते अर्घाखाँची र कपिलवस्तु, ६ गते नवलपरासी र रुपन्देही, ७ गते बाँके, बर्दिया, ८ र १० गते दाङ जिल्लामा उम्मेदवार र मतदाताबीच भेटघाट तथा अन्तत्र्रिया गदै गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन एकसाथ लागिपर्ने बैठकले निर्णय गरेको नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर पुनले बताउनुभयो ।

यसअघि पुस २५ गते बसेको सत्ता गठबन्धन दलको बैठकले गरेका निर्णयलाई अक्षरशः पालना गर्न बिहीवार बसेको नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदेशभित्रका सबै प्रदेश सभापति, अध्यक्ष एवं प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मिलित राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति गठन गर्ने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img