पर्यटन प्रबद्र्धन कार्यक्रमको सन्धिखर्कमा प्रभातफेरी

अर्घाखाँची । नेपाल पत्रकार महासंघको आयोजनामा आज सदरमुकाम सन्धिखर्कमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । माघ १ गते सन्धिखर्क टुडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उदघाटन गर्ने अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम–२०८० को पूर्वसन्ध्यामा सन्धिखर्क शान्ति वगैचाबाट शुरु भएको प्रभातफेरी कार्यक्रम सन्धिखर्क बजार, चुत्रावेशी, हललाइन हुँदै टुडिखेलमा समापन गरिएको हो ।

प्रभातफेरीमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली, जिल्ला समन्यव समितिका प्रमुख जिवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, उद्योगी, व्यवसायी विभिन्न संघसंस्था लगायत सामाजिक अगुवाको सहभागीता रहेको थियो ।

महासंघका सचिव विनोद गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष अशोक खनालले अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रबद्र्धन तथा स्थानीय रोजगारीका लागि भन्ने महत्वपूर्ण योगदान पुग्ने बताए । जिल्लाका प्रमुख पर्यटकीय स्थलको भिडियो डकुमेन्ट्रीको प्रधानमन्त्री दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको छ । अर्घाखाँचीका पर्यटकीय स्थललाई विश्वभर चिनाई पर्यटक भित्राउने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img