निर्माण सम्पन्न भई सञ्चालनमा नआएको रेसुंगा पार्क मेयर पन्थीको पहलमा खुल्यो

गुल्मी, १० माघ । गुल्मीको रेसुङ्गा नगरपालिकाको गर्जुरामा निर्माण सम्पन्न रेसुंगा पार्क खुलेको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बोकेकोे रेसुंगा क्षेत्रमा बनेको रेसुंगा पार्क खुलेको हो ।

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि संचालनमा आउन नसकेको रेसुङ्गा पार्क आजबाट खुला गरेको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । निरन्तरको प्रयासबाट बजेट निकासा गरि निर्माण व्यवसायीले पाउनु पर्ने सम्पूर्ण रकम झण्डै ३ करोड चुक्ता गरी पार्क खोल्न सहजीकरण गरेको नगर प्रमुख पन्थीले बताए ।

पार्क खुलाउँन मेयर पन्थीको पहल रहेको छ । पार्क खुलेसँगै मेयर पन्थीको नेतृत्वमा निरिक्षण समेत भएको छ ।

पार्कको अवलोकन गरी भरपुर मनोरन्जन लिन गुल्मीबासी लगायत सम्पुर्णमा रेसुंगा नगरपालिकाले आग्रह गरेको प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए । पार्क खुलेसँगै रेसुंगा नगरपालिकाको समुन्नतीको यात्रामा थप टेवा पुग्ने बिश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

“डिर्भनामा स्वास्थ्यको उत्सव : निःशुल्क शिविरमा ५०० जनाले लिए सेवा”

सुमन र आशा मेरो माया जुनीभरीलाई भन्दै नाच्दै

६ पटक म्याद थपेर ६ वर्षमा बन्यो छत्रदेवको प्रशासकिय भवन

‘कश्यप ज्योतिःसार’ लोकार्पण

महेश–छात्र–परिषद्को नयाँ नेतृत्व : परम्पराको पुस्तान्तरण र भविष्यको सङ्कल्प

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img