`समुदायमा कांग्रेस´ अभियानका लागी प्रतिनिधी खटिए, अर्घाखाँचीमा निधी

काठमाडौं । नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक फरक जिल्लामा फरक फरक समुदायको बीचमा पुग्न र संवाद गर्न प्रतिनिधी खटाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक हुनेछन् । तोकिएका जिल्लाहरुमा भिन्न(भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ । टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ ।

जसअन्र्तगत कोशी प्रदेशको झापा र सुनसरीमा डा. शेखर कोईराला, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटामा डा. नारायण खड्का, मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुरमा बलबहादुर केसी, मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा, वागमती प्रदेशका सिन्धुली र मकवानपुरमा प्रकाशमान सिंह, बारा, पर्सा, रौतहट र सर्लाही, धादिङ र चितवनमा महालक्ष्मी उपाध्याय ‘डिना’, काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा डा. मिनेन्द्र रिजाललाई प्रतिनिधी खटाएको छ ।

ललितपुर, भक्तपुर, रामेछाप र दोलखामा पुष्पा भुसाल, तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुरमा महेन्द्र यादव, कास्की, स्याङ्जा, म्याग्दी र बागलुङमा प्रदिप पौडेल, लुम्बिनी प्रदेशको रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पामा विमलेन्द्र निधि, कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम ९पूर्व०, बर्दिया, प्युठान र नवलपरासीमा डा.डिला संग्रौला
कर्णाली प्रदेशको दैलेख, सल्यान र सुर्खेतमा डा. शंशाक कोईराला, सुदुरपश्चिम् प्रदेशको कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कंचनपुरमा भिष्मराज आङ्देम्बे प्रतिनिधीको रुपमा काँग्रेसले खटाएको केन्द्रीय कार्यालयले जनाएको छ ।

काँग्रेसका अनुसार केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन ।

May be an image of ticket stub and textMay be an image of ticket stub and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img