लुम्बिनीमा सवारी साधन अनलाइनबाटै नवीकरण गर्न मिल्ने, लुम्बिनीमा ‘ईभीआरएस’ लागू गर्न मन्त्री राणाको निर्देशन

घोराही । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले आफ्नो प्रदेशभित्र सवारी नम्बर प्लेट विद्युतीय सवारी दर्ता प्रणाली (ईलेक्ट्रिकल भेहिकल रजिस्ट्रेसन सिस्टम, ईभीआरएस) प्रणाली तत्काल लागू गर्नको लागि मातहतलाई निर्देशन दिएको छ ।

उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले आइतबार देउखुरीस्थित मन्त्रालयमा सचिव उमेश ढुङ्गानासहितका कर्मचारीहरूसँगको छलफलमा ‘ईभीआरएस’ प्रणाली के कति कार्यान्वयन भएको छ वा छैन सो विषयमा जानकारी लिएपछि ‘ईभीआरएस’ प्रणाली तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री थापाको निर्देशनपछि सचिव ढुङ्गानाले ‘ईभीआरएस’ प्रणालीका विषयमा मातहतका कार्यालयहरूसँग हालसम्मको प्रगति विवरण माग गरेका छन् । सचिव ढुङ्गानाले मातहतका कार्यालयहरूलाई उक्त प्रणाली लागू गर्न कुनै बाँकी कार्य भएमा तत्काल सम्पन्न गरी लागू गर्नेगरी मातहतका निकायलाई निर्देशन दिएका छन् ।

ईभीआरएस प्रणाली लागू भएपछि लुम्बिनी प्रदेशमा दर्ता हुने सवारी साधनहरू विद्युतीय माध्यमबाट लिपिबद्ध हुनेछन् । जसका कारण सवारीधनीले कर तथा नवीकरण जस्ता सेवाहरू अनलाइनमार्फत उपयोग गर्न पाउने हुँदा कार्यालयमा भिडभाड कम हुनेछ । बिचौलियाहरूको पनि प्रभाव न्यून हुन जाने र समग्र यातायात प्रशासनमा सुशासन कायम हुनेमा मन्त्रालयले अपेक्षा गरेको जनाएको छ ।

यसअघि, मन्त्री थापाले सवारी चालक अनुमतिपत्र लिने क्रममा सवारी साधन स्वयच्छिक रुपमा प्रयोग गर्ने निणर्य कार्यान्वयन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img