अर्घाखाँचीमा १३ औँ रनिङ्गशिल्डको उद्घाटन गर्दै मन्त्री श्रीपालीले भनिन्ः ‘रहरका लागी मात्रै खेल खेलिदैँन’

घनश्याम पौडेल
अर्घाखाँची, १४ माघ । नेपाल सरकारका पर्यटन तथा उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले खेल केवल खेल्नका लागी मात्र नभई, राष्ट्रलाई अन्तराष्ट्रिय रुपमा चिनाउँन मद्दत पु¥याउँने बताईन । उनले भनिन् ‘रहरका लागी मात्रै खेल खेलिदैँन, खेलले दक्ष खेलाडी उत्पादन पनि गर्छ, जसका कारण जिल्ला-जिल्लामा खेलकुद भईरहनु अनिवार्य छ।’

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०८० उद्घाटन समारोह सन्धिखर्क टुडिखेलमा उद्घाटन गर्दै राज्यमन्त्री श्रीपालीले खेलकुदले देशको सँगै, प्रदेशको पहिचान, जिल्लाको पहिचान सँगै व्यक्तीमा भएको प्रतिभाको विकास हुने बताईन् ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले खेल क्षेत्रले पर्यटन, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रको विकास हुने भएकोले स्थानिय सरकारको तर्फबाट कुनै कसुर बाँकी नराखी खेल क्षेत्रको विकासमा सबै स्थानिय तह लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

तीन दिनसम्म सञ्चालन हुने जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा ३० पदक र २५८ शिल्ड ,मेडलका लागी ६ ओटा स्थानीय तहका ५१६ जना खेलाडी सहभागी भएका छन् । खेललाई निष्पक्ष रुपमा संचालन गर्ने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु क्षेत्रीले जानकारी दिए ।

जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा सन्धिखर्क, भुमिकास्थान, शितगंगा नगरपालिका र छत्रदेव ,पाणिनी, मालारानी गाउँपालिकाले खेलको उद्घाटन सत्रको सुरुवातमा मार्चपास समेत गरेका थिए । खेलमा छात्र, छात्रा भलिबल, हाईजम्प, लङ्गजम्प, दौड, रिलेदौड लगाएतका खेलहरु हुनेछन् । रनिङ्गशिल्ड १६ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।

गतवर्षको रनिङ्गशिल्ड भुमिकास्थान नगरपालिकाले हात पारेको थियो । प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासंघ उपाध्यक्ष विरेन्द्र केसी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img