बुटवल जेसिजको आयोजनामा माघ २७ Multi Chapter LOM Officer Training हुँदै

बुटवल । बुटवल जेसिजले यहि माघ २७ गते एक दिने Multi Chapter LOM Officer Training संचालन गर्ने भएको छ । तालिमको विश्वविद्यालय भनेर चिनिने जेसिज संस्था अन्तर्गतको ५० बर्षे ऐतिहासीक बिरासत बोकेको बुटवल जेसीजले Multi Chapter LOM Officer Training को आयोजना गरेको हो ।

बुटवल जेसिजका सल्लाहकार तथा पुर्व अध्यक्ष एवं सदस्यहरुलाई र इच्छुक शाखाका जेसिहरुले २७ गते LOM Officer Training लिन सक्ने बुटवल जेसिज वर्ष २०२४ का महासचिव जेसी केशव श्रीसले जानकारी दिए ।

जेसिज एउटा परिवार भएकाले बन्धुत्वको भावना अनुरुप जेसिजको आस्थालाई आत्मासात् गर्दै जुनसुकै जेसिज शाखाका जेसीहरुले पनि तालिम लिन सक्ने अवसर प्रदान गरेको बुटवल जेसिजका अध्यक्ष विनोद घिमिरेले बताए। साथै जेसीहरुले आफ्नो कर्तव्य र दायित्वमा स्पष्ट हुनका लागि यो तालिम आफैमा अत्यन्तै महत्त्वपूर्ण अवसर भएको समेत उनले बताए

माघ २७ गते हुने Multi Chapter LOM Officer Training बुटवल जेसिजको सचिवालयमा बिहान ८ बजे देखि संचालन हुने र तालिम पश्चात् तालिमकर्ता जेसीहरुले आफ्नो पदिय कर्तव्य र दायित्व बोधमा स्पष्ट हुनुका साथै सम्बन्धित संगठनात्मक संरचना र आफ्नो क्षेत्रमा प्रष्ट हुने बुटवल जेसिज वर्ष २०२४ का मिडिया संयोजक जेसी नारायण घिमिरे “भावुक” ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img