मुख्यमन्त्रीको ‘लास्ट बेन्चर’ अभिव्यक्ती गैरजिम्मेवार र तुच्छः सचिव भट्टराई, फिर्ता लिन माग

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले व्यक्त गरेको शव्द गैरजिम्मेवारी भएको टिप्पणी गर्नुभएको छ ।

केहि दिन अगाडी कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एक कार्यक्रममा दिएको अभिव्यक्तीले राष्ट्रसेवक कर्मचारीलाई दुःखीत बनाएको बताउँनुभयो । उहाँले देशको स्थायी सरकार समेत भनिने कर्मचारीतन्त्रको र आत्मसम्मानमा आँच आँउने तथा मानमर्दन हुनेगरी दिएको अभिव्यक्ती विडम्मना भएको भन्दै खेद व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री जस्तो व्यक्तीले कर्मचारीको आत्मसम्मानमा ठेस लाग्ने गरी गैरजिम्मेवार तुच्छ टिप्पणी गरेको आरोप लगाउँनुभयो । शैक्षिक कार्यक्रममा कलिला विद्यार्थीका अगाडी अपरिपक्क एवम् भ्रामक कुराहरु व्यक्त गर्नु लज्जास्पद रहेको बताउँनुभयो ।

यसबाट विद्यार्थीमा पर्ने प्रभाव कस्तो पर्छ ? २१ औँ शताव्दीमा अव्वल, सक्षम व्यक्ती चाहिन्छ, कर्मचारीतन्त्र अव्वल क्षेत्रबाट आएका हुन्छन्, प्रशासन र राजनितिक क्षेत्र एक सिक्काका दुईपाटा हुन उहाँले भन्नुभएको छ । कर्मचारी तन्त्रमा लगाएतको आरोपले सरकार कसरी सञ्चालन गर्नुहुन्छ, सरकारका निर्णय कार्यान्वयन उहाँले कसरी गर्नुहुन्छ ?

मुख्यमन्त्रीले दिएको अभिव्यक्ती सच्चाउँन भटट्राईले आग्रह गर्नुहुदैँ कर्मचारी माथि आँच आउँने गरी तुच्छ शव्द प्रयोग नर्गन उहाँले आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले केही दिनअघि कक्षाकोठामा पहिलो बेन्चमा बस्ने (फर्स्ट बेन्चर) साथी खरदार भएको र अन्तिम बेन्चमा बस्ने (लास्ट बेन्चर) आफू भने मुख्यमन्त्री भएको अभिव्यक्ति दिनुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img