गुल्मीका ऋषिरामले शाखा अधिकृत सहित लाेकसेवाकाे ७ ठाउँमा नाम निकाल्न सफल

गुल्मी । गुल्मीका ऋषिराम घिमिरेले हालै शाखा अधिकृत उत्तीर्ण गरेसँगै लाेकसेवाका सात परीक्षा उत्तीर्ण गरेका छन् । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ७ का घिमिरेले २०७८ देखि हालसम्म लाेकसेवाका छुट्टाछुट्टै सात परीक्षा उत्तीर्ण गरेका हुन् ।

उनले अनुसन्धान सहायक, नेपाल विद्युत प्राधिकरण पाँचौं प्रशासन, नागरिक उड्डयन प्राधिकरण चाैथाे तह का लिखित परीक्षा तथा लुम्बिनी प्रदेश निजामती पाँचौ प्रशासन, नेपाल नागरिक उड्डयन प्राधिकरण पाँचौ तह, संघीय निजामती सेवाको नायब सुब्बा, र हालै मात्र शाखा अधिकृतकाे सम्पूर्ण परीक्षामा उत्तीर्ण भएका हुन् । उनी २०७९ मा लुम्बिनी प्रदेश पाँचौ तहमा १ नम्बरमा सिफारिस भएका थिए ।२०७९ मै संघीय नायब सुब्बा प्रशासन बुटवलबाट पनि १ नम्बर मै सिफारिस भएका थिए । २०७९ मै नेपाल नागरिक उड्डयन प्राधिकरण पाँचौ तहमा १ नम्बर मै सिफारिस उनी हालसम्म कार्यरत समेत थिए ।

लाेकसेवाका सात परीक्षा उत्तीर्ण गर्नुका साथै प्रायमा १ नम्बरमै सिफारिस हुने घिमिरेले मेहनत र निरन्तरता भएपछि अवश्य सफल हुने बताउँछन् । आफूले गरेको लगातारको मेहनतले सफलता पाउँदा खुसी लागेको बताउँदै घिमिरेले निराशाकाे भावना नल्याई आशामा केन्द्रित हुनुपर्नेमा जाेड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img