पाल्पामा जिप दुर्घटनामा मृतकको सङ्ख्या १० पुग्यो , १६ घाइतेकाे उपचार हुदैँ

पाल्पा । पाल्पामा मङ्गलवार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी यनकुमारी पन्त, रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी र उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका १४ तामनगरका  चन्द्र रणपाल र चुना रणपाल, तिनाउँ गाउँपालिका २ खुर्सानेकी गीता सुनार, देबदह नगरपालिका ५ रुपन्देहीकी दिलमाया जीसी, रिब्दीकोट १ ख्याहाकी  दिलकुमारी सुनार र सोही स्थानकी विष्णुकला कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । घाइते तानसेन ७ का तिन्तेआपका सबिता परियार, तिनाउँ गाउँपालिका ६ की कृष्णा पन्थ, उमा रास्कोटी, शान्ती राना, सौरभ पुन, अमृता गहतराज, कमला सुनार र तुलबहादुर नेपाली, तिनाउँ २ दुर्सानेकी  गीता सुनारकी छोरी ३६ दिनकी छोरी स्वस्तिका सुनार, रुपन्देही देबदह ५ खैरेनीका विवेक जीसी, अस्मित जीसी , रिब्दीकोट १ ख्याहाकी रमा सुनार, साया सुनार, आलब सुनार, विद्या सुनार र रुपन्देही कन्चन गाउँपालिका हरैयाकी भूमि पुन रहेका छन् ।

तानसेन बुटवल सडक खण्डमा पर्ने सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाउ गाउँपालिकाको भित्री कच्ची सडक चिदिसका लागी छुटेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको हो । सडक बाट जिप ३ सय मिटर तल खसेको र दुर्घटनापछि चालक दानबहादुर चिदिलाई पक्राउ लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

क्षमता बढी यात्रु र सामान बोकेको जिपले उकालोमा तान्न नसकी पछि दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img