परमानन्द गुरुस्मृति भण्डाराको अवसरमा काव्य वाटिका कार्यक्रम

चक्रपाणी डुम्रे , तिलोत्तमा ।
श्री दुर्गा वैदिक परमानन्द संन्यास आश्रम नयाँमिल देवीस्थानको आयोजनामा २७ औं गुरुस्मृतिको अवसरमा वृहत् गुरु भण्डारा कार्यक्रम सम्पन्न भएको छ । फागुन ५ गते शनिबार सम्पन्न उक्त भण्डारामा स्थानीय , समाजसेवी , साधुसन्त,भक्तजन एवं संस्कृत पढ्ने बटुक हरुको उल्लेख्य सहभागिता रहेको थियो ।
राष्ट्र सन्त स्वामी परमानन्द सरस्वतीको सत्ताईसौ स्मृति दिवसको उपलक्ष्यमा ५ दिन अध्यात्म रामायण दार्शनिक प्रवचन एवं सत्सङ्गको आयोजना समेत गरिएको थियो । फागुन १ गते देखि सुरु हुने कार्यक्रम ५ गते समापन भएको थियोे । श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको पावन सान्निध्यमा भएको सत्सङ्गमा डा. राजेश्वरानन्द सरस्वतीले प्रवचन गर्नुभएको थियोे ।

सोही अवसरमा ४ गते साझ ७ बजेदेखि श्री दुर्गा वैदिक पूर्व विद्यार्थी मंच र विद्यार्थी कल्याण परिषद्को संयुक्त आयोजना साहित्यिक कार्यक्रम परमानन्द काव्य वाटिका पनि सम्पन्न भएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष पी.आर. भट्टराईको अध्यक्षता दुर्गा वैदिक परमानन्द संन्यास आश्रमका आश्रमाधिपति एवं अध्यक्ष स्वामी विवेकानन्द सरस्वती र स्वामी ज्ञनानन्द सरस्वतीको संरक्षकत्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बुटवल बहुमुखी क्याम्पसका पूर्व अध्यापक साहित्यकार समालोचक प्राध्यापक डा.ऋषिराम भुसाल रहनु भएको थियो । छन्दबादी समाजका अध्यक्ष कवि कबिराज पौडेल ,साहित्यकार एवं कवि रन्जु घिमिरे लगायतको सहभागिता रहेको कार्यक्रममा सयजना बढी सर्जकहरुले आफ्नो रचना प्रस्तुत गरेका थियो । मञ्चका उपाध्यक्ष गोविन्द रेग्मीको स्वागत एवं सचीव कृष्ण अर्यालको संचालनमा कार्यक्रम सम्पन भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img