भुमिकास्थान नगरप्रमुख थापाले भनेः लेटरप्याड, छाप र हस्ताक्षर चोरी किर्ते गरे

अर्घाखाँची । जिल्लाकाे भुमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरेको आरोप लगाएका छन् ।

उनले नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरी चुनढुङ्गाको उत्खनन् अनुमती लिईएको आरोप लगाएका हुन् । सोमबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर थापाले भुमिकास्थान नगरपालिका वडा नम्बर ९, ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खनन्को लागि अनुमति दिएको भनि भूगर्भ बिभागमा पुगेको नगरको पत्र किर्ते रहेको बाताए । उनले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको भन्दै मेयर थापाले यो गम्भिर अपराध भएकोले यस विरुद्ध कानुनी प्रकृयामा जाने जिकिर समेत गरे ।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्स प्रालीले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खनन्को अनुमती–पत्र पाएको थियो । मंसिर ५ गते नगरप्रमुख थापाको हस्ताक्षर सहितको पत्र विभागलाई गएको छ । सोही पत्रका आधारमा भूगर्भ बिभागले काम गर्न अनुमति दिएको थियो । तर, नगरप्रमुखले यसलाई किर्ते भएको अभिव्यक्ती दिएका छन् ।

मेयर थापाले भने “खानी तथा भूगर्भ विभागलाई नगरले सिफारिश गरी पठाएको पत्रमा दर्ता/चलानी नं. ५८५ छ । यता नगरपालिकाको दर्त/चलानी किताबमा ५८५ नम्बरमा संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पठाएको पत्र छ । त्यसैले यो किर्ते गरीएको हो । मैले खानी उत्खनन् गर्न अनुमती दिनेगरी पत्र पठाएको छैन । हाम्रो कार्यपालिकाको निर्णय पनि त्यो होईन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img