बुटबल, ८ चैत । नबौ स्थापना दिवसको अवसरमा पटौटी–रुपन्देही सम्पर्क समाजले बुटबलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारालाई आत्मसाथ गर्दै पटौटी–रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम गरेको सम्पर्क समाजका कोषाध्यक्ष सन्तोष घिमिरेले जानकारी दिए ।
रक्तदान कार्यक्रमबाट २३ जनाले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष शिवप्रसाद घिमिरे, नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, धर्मराज घिमिरे, सम्पर्क समाजका उपाध्यक्ष प्रभाव घिमिरे गैरे, महासचिव प्रकाश गैरे लगाएत सहभागी रहेका थिए ।
पटौटी–रुपन्देही सम्पर्क समाजका शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।














