काठमाडौं । गत बैशाख १७ गते दिउँसो एक्कासी लागेको आगोले पाल्पाको रैनादेबी गाउँपालिका वडा नं. ४ सल्लेधारा तिनधारे, काफल बुटा, म्यालढाप लगाएतका ठाउँहरु निकै प्रभावित भएका छन् ।
सोही आगलागीमा परी दर्जनौ घर गोठ जलेर लाखौंको धनमालको क्षती हुन पुगेको थियो । त्यस मध्ये डिल्लीराज पोखरेल र हिराकुमारी पोखरेलको घर पुर्ण रुपमा जलेर घरबार बिहिनभई मन्दिरमा बस्नुपर्ने बाध्यता लाई मध्यनजर गर्दै लुम्बिनी तन्दुरी ब्यबसाहिक संघका अध्यक्ष राम प्रसाद पोखरेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रुद्र पोखरेल, उपाध्यक्ष सुरज पोखरेल, सचिब नमराज पोखरेल, सल्लाहकार गान्धी पोखरेल, जयराम पोखरेल, दुर्गा पोखरेल, सदस्य राम डुम्रे, सागर पौडेल, बिश्व प्रताप हमाल, साथै व्यसायी ढाबानाथ पोखरेल र हरि पौडेल सम्मिलित बैठकले पीडित हरुलाइ थोरै भएपनि राहत होस भनी खाद्यान्न लता कपडा लगाएतका सामाग्री बितरण गरेको छ ।
संघका उपाध्यक्ष सुरज पोखरेलले आपत्तमा आउँने भैपरीमा लुम्बिनी तन्दुरी सदैब सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ । सो कार्यमा समन्वय गरि राहत बितरण गर्न सहयोग गर्नु भएकोमा ब्यबसाही जिबनारायण पोखरेल लाई धन्यवाद दिएको व्यवसायी संघका सदस्य सागर पौडेले जानकारी दिनुभयो ।














