ज्योतिष परिषद् सुर्खेतको मुखपत्र ‘ज्योतिर्गण’ लोकार्पण

सुर्खेत । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति सुर्खेतको मुखपत्र ज्योतिर्गण लोकार्पण भएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद जैसीले एक औपचारिक कार्यक्रमका बीच ज्योतिर्गणको लोकार्पण गर्नुभएको हो । उहाँले परिषद्को सुर्खेत जिल्ला कार्यसमितिले पहिलो पटक ज्योतिषीय क्षेत्रका लेख रचनाहरु समावेश गरी प्रकाशनमा ल्याएको ज्योतिर्गणले समग्र ज्योतिषीय क्षेत्रको उन्नयनका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल ज्योतिष परिषद्का आजीवन सदस्य समेत रहेका जैशीले वैज्ञानिक विद्या भएकाले यसको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो ’प्रत्यक्ष शास्त्रको रुपमा रहेको विद्या भएकाले पनि यो अकाट्य छ । पछिल्लो समयमा राम्रो अध्ययन विना नै ज्योतिष भएको बताउनेहरुले यसलाई गलत ढंगबाट प्रयोग गरेकाले पनि यस प्रतिको विश्वासमा कमी आउन थालेको हो कि भन्ने भान भएको छ तर चन्द्र र सूर्य जत्तिकै यो सत्य भएकाले यसलाई कसैले डगमगाउन सक्दैनन् ।’

नेपाल ज्योतिष परिषद् सुर्खेतको मुखपत्रको रुपमा प्रकाशित भएको ज्योतिर्गणको पं. हरिप्रसाद सापकोटाले  समीक्षा गर्नुभएको थियो । कार्यक्रममा कथाकार उमालाल आचार्य, अधिवक्ता दुर्गाप्रसाद सापकोटा, मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष धिरेन अनुपम, गीता पौडेल, ब्राह्मण समाज नेपालका केन्द्रिय उपाध्यक्ष हरिप्रसाद उपाध्याय र नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका महासचिव ज्यो. विष्णु प्रसाद अधिकारीले शुभकामना मन्तव्य दिनु भएको थियो ।

ज्योतिर्गणमा हाम्रा आफ्नै कुरादेखि, राशि तत्व बोध, ज्योतिषशास्त्रमा फलितको महत्व, जातक जन्मफल, विश्वगुरुको दर्शन र कर्णालीमा ज्योतिष, वेद र ज्योतिष, कलशस्य आर्शिवचन, ज्योतिषमा नवग्रहको महत्व, प्रभाव र मान्यता, सूर्य सिद्धान्त, कोपरनिकस र केप्लर, ज्योतिष अनुसन्धान केन्द्रको निर्माण आवश्यक छ अन्तरवार्ता, शुक्रास्त र यसले पार्ने प्रभाव, ज्योतिषशास्त्र अनुसार अशुभ ग्रहको पूर्वसंकेतहरु, भयात, भभोग र चन्द्रस्पष्ट ज्ञान, हस्तरेखा आधारभूत ज्ञान, ज्योतिषशास्त्रमा यन्त्र, मन्त्र र तन्त्र, सत्मार्गको महत्व, सक्षम छन् नारी, शिक्षाको विकासमा अस्तित्व व्यवस्थापन शास्त्रको उपयोगिता, ज्योतिषशास्त्रको छोटो परिचय, तन्त्र विद्याको महिमा, समय, गणना र ज्योतिष, वैदिक ज्योतिषको सामान्य परिचय, स्नान, ग्रहशान्ति यथार्थ र भ्रम, संचार क्षेत्रमा ज्योतिष परिषद् सुर्खेतका गतिविधिलगायतका विषयहरु समेटिएका छन् ।

कार्यक्रममा नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष ढाकाराम अधिकारी, कोषाध्यक्ष रामशंकर उपाध्याय, ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य दुर्गाकुमारी अधिकारी तथा सुर्खेतका अध्यक्ष तिलकराम चालिसे, , गंगाप्रसाद ढुंगानालगायतको उपस्थिति रहेको थियो । वार्षिक रुपमा प्रकाशन गर्ने लक्ष्य राखिएकाले आगामी दिनमा यसलाई अझ परिस्कृत गर्दै अगाडि बढ्ने परिषद् सुर्खेतले बताएको छ । यसै कार्यक्रममा सुर्खेत जिल्लाबाट आजीवन सदस्यता प्राप्त ज्योतिषहरुलाई केन्द्रीय सदस्य ज्यो.विकास पौडेलले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

साथै ज्योतिर्गण प्रकाशनमा सहयोग गर्नुहुने लेखक, प्रकाशन समिति, सम्पादक मण्डल र विशेष सहयोगीहरुलाई अध्यक्ष यामप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रम अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षता, ज्यो.शोभाखर अधिकारीको स्वागत मन्तव्य एवम् सचिव खगेन्द्र प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img