पाणिनीको जनसेवा माविमा आधारभुत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता

घनश्याम पौडेल
अर्घाखाँची, २९ बैशाख । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी झन्द्रेकमा रहेको जनसेवा माध्यमिक विद्यालयले ३५ औँ वार्षिकोत्सव समारोहको पुर्वसन्ध्यामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

पाणिनी गाउँपालिका आधारभुत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो । जसमा जनसेवा मावि झन्द्रेक प्रथम, देवी प्रभाव मावि पटौटी द्धितिय, कृष्ण मावि मैदान तृतिय, धातिवाङ्ग मावि सान्त्वना भएका छन् । कार्यक्रमका प्रमुख अतिथी तथा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा. डासुराम पौडेलले ‘आजका बालबालिका भोलिका कर्णदार भएकाले आधारभुत तहबाटै राम्रो शिक्षा पाउँने विद्यालय भएकोमा जनसेवालाई धन्यवाद व्यक्त गर्नुभयो ।’ विद्यालयमा गुणात्मक सुधारका लागि सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बताउँनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षता, प्र.अ. शालिकराम बेल्वासेको स्वागत र शिक्षक गोविन्द पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । पुरस्कार वितरणमा कृष्ण माविका शिक्षक खगेन्द्र पौडेलले शुभकामना राख्नुभएको हो ।

हाजिरजवाफमा हरिहर संस्कृत साधारण मावि पोखराथोक, देउराली मावि पटौटी, शिवमदन मावि, विद्याविनोद मावि, कमला मावि, भगवति आवि, अर्भका आविको सहभागिता रहेको थियो । विद्यालयले जेठ २ गते बार्षिकोत्सव मनाउँन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img