कविता :- पैसाको रंग

कृष्णप्रसाद आचार्य

पैसाले मान्छेको रंग बदल्छ
जसरी किरा देखेर छेपारोले
आफ्नो रंग बदल्छ
हरियो घाँसमाथि हरियो भएर बस्छ
ढुंगामाथि फुस्रो भएर बस्छ !

क्रान्तिकारी भएर निस्केको योद्धा
फर्किँदा क्रान्ति विरोधी भएर फर्किन्छ
सभ्य मान्छे असभ्य भएर फर्किन्छ
सत्यको वकालत गर्ने वक्ताले
फर्किँदा सत्यको घाँटी दबाएर फर्किन्छ
हो पैसाले मान्छेको रंग रुप बदल्छ
जसरी छेपारोले बदल्छ आफ्नो रंग रुप !

अन्यायमा परें भन्दै जब पीडितहरु
चिच्चाउँदै न्यायको भीख माग्दै गुहार्छ
विपक्षीहरु त्यसैलाई मुद्दा बनाएर
जब सडकमा ओर्लन्छ
र पीडितको पक्षमा नारा लगाउँछ
तब प्रशासनले विपक्षीको मुद्दा दबाउन
पीडितलाई नै किन्छ
र रंग बदलिएको पीडित छेपारो भएर
बयान बदल्छ अनि भन्छ
” मेरो व्यक्तिगत केशमा विपक्षीले राजनीति नगरुन् ! ”
पैसाले जब रंग बदल्छ
मान्छे महाभारतकी गान्धारी बन्छ
र आफ्नै सन्तानहरु माझको युद्धमा
आँखामा पट्टी बाँधेर
अन्धो भएको नक्कल गरिरहन्छ !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img