भृकुटी आधारभुत विद्यालय नरपानीले मनायो ५४ औँ वार्षिकोत्सव

अर्घाखाँची, ५ जेठ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीमा रहेको भृकुटी आधारभुत विद्यालयले ५४ औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस मनाएको छ । शिक्षा क्षेत्रको विकास सबैभन्दा महत्वपुर्ण भएको समारोहमा सहभागी वक्ताहरुले बताएका छन् ।

सन्धिखर्क नगरपालिका शिक्षा अधिकृत मञ्जु आचार्यले ‘नगरपालिका भित्र रहेका आधारभुत विद्यालयमा सबैभन्दा अव्वल भृकुटी आवि भएको बताउँदै अझै गुणस्तर वृद्धि गराउँनमा विद्यालयको ध्यानाकर्षण गराउँनुभयो ।’ विद्यालयमा सिकाई उपलव्धी स्तर वृद्धि भएको, आईसिटी ल्याव, विज्ञान ल्याव सहित विद्यार्थी मैत्री विद्यालय भएकोमा विद्यालयको लागी आवश्यक पर्ने थप एक भवन निमार्णका लागि नगरपालिकाको तर्फबाट पहल गर्नेमा जोड दिनुभयो ।

वडामा शिक्षाको शैक्षिक सुधार वृद्धिका लागि वडास्तरीय शैक्षिक उपलव्धी परिक्षा सञ्चालन गरेको स्थानिय सरकारको भनाई छ । समय, प्रविधी र पद्धती अनुसार विद्यालय सञ्चालन हुनुपर्ने सन्धिखर्क–६ का वडा अध्यक्ष श्रीधर महत्राको भनाई छ ।

सामुदायिक विद्यालय भृकुटीले कम दरबन्दी हुदाँहुदैँ पनि नर्सरी देखि कक्षा ५ सम्म निजी विद्यालयकै शैलिमा अंग्रेजी माध्यमबाट पठनपाठन गराएको छ । विद्यालयको सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला निकाय सबैको समन्वय मार्फत नै विद्यालयलाई सुधार गर्न सकिने विद्यालयका प्रध्यानाध्यापक जयराम घिमिरेको भनाई छ ।
२०२७ सालमा स्थापना भएको विद्यालय तत्कालिन समयमा अर्घाखाँचीको सदरमुकाम बसेको क्षेत्रको विद्यालय हो ।

वार्षिकोत्सव कार्यक्रममा वडा सदस्य लेखबहादुर खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष पदम थापा, शिवमदन माविका प्रअ राजेन्द्र पौडेल, आदर्श माविका शिक्षक टोपलाल पोख्रेल, विद्याविनय आधारभुत विद्यालयका रिता खड्का, शिव आधारभुत विद्यालयका शिक्षक विरबहादुर पाण्डे, अभिभावक गोविन्द चुदाली, गोपाल थापा लगाएतले मन्तव्य राख्दै विद्यालयको शैक्षिक क्षेत्रको गुणस्तर वृद्धिका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टुकबहादुर थापको अध्यक्षता, शिक्षक सरस्वती भट्टराईको स्वागत तथा बासुदेव विकको सञ्चालनमा सम्पन्न भएको हो । सोहि अवसरमा शैक्षिक अवकास हुनुभएका शिक्षीकाहरु निर्मला आचार्य, गोमा थापालाई सम्मान गरिएको छ । २०२७ सालमा स्थापना भएको विद्यालयमा नर्सरी देखी कक्षा ८ सम्ममा १५० जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img