विश्व ज्योतिष महासङ्घद्वारा नन्दिनी गौशालामा नगद एवम् जिन्सी सहयोग

जेठ ७ गते, सोमबार । विश्वज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिले बुटवलको शिवनगर सामुदायिक वनमा अवस्थित नन्दिनी गौशालामा रहेका गौवंशहरूलाई गोग्रास तथा व्यवस्थापनका विभिन्न जिन्सी सामगरि र  रु. ५१,०००।-  प्रदान गरेको छ ।

गोग्रास अर्पण एवं सहयोग प्रदान कार्यक्रममा विशिष्ट अतिथि विश्व ज्योतिष महासङ्घका केन्द्रीय सल्लाहकार स्थानेश्वर देवकोटा, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य सुन्दर भण्डारी, गोरक्ष अभियन्ता पं पुरुषोत्तम पाण्डे लगायतले बोल्दै बुटवल उपमहानगरपालिकाबाट सन्चालित नन्दिनी गौशाला हामी सबैको साझा गौशाला भएकाले गाई राष्ट्रिय जनावर मात्र नभई हामी सबै सनातनीहरूको आस्थाको केन्द्र रहेकाले पनि सबै जना जुटेर गौसंरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख खेलराज पाण्डेले गुरुहरू एवं धार्मिक क्षेत्रबाट यसरी  सहयोग प्राप्त हुँदा  गौशाला सन्चालन गरे देखिको सबैभन्दा खुशीको क्षण भएको र अझै गौसेवा गर्न उत्प्रेरणा मिलेको  बताउनुभयो । अन्य वक्ताहरूले गौसंरक्षण कार्य जनमानसको आस्थासँग जोडिएकाले यसको उन्नयनका लागि ज्योतिष पण्डित समाजले चेतना जगाउने कार्य नैतिक जिम्मेवारीका साथ गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।  नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्य विश्वज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिका सभापति  ज्यो. जनार्दन न्यौपानेको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा  स्वागत मन्तव्य आचार्य कूरेश पाण्डेले र  कार्यक्रमको सन्चालन महासचिव योगाचार्य कमल पौडेलले  गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img