कांग्रेसको निर्णय: संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री बनाउने

नेपाली कांग्रेसले संविधानको धारा ७६ (२) बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। शनिबार बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

नेपाली कांग्रेसले एमालेसंग भएको सहमति अनुसार संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दावी गरेको छ । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमति अनुसार अव बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२) बमोजिम गठन हुने दावी गरेको हो ।

त्यस्तै बैठकले कांग्रेस–एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको लेखकले जानकारी दिए ।

लेखकले राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने, शिथिल अर्थतन्त्रलाइ क्रियाशिल गर्ने, संविधान कार्यान्वयनका सवालमा देखिएका सवल र कमजोर पक्षको समिक्ष गरेर संविधानको आवश्यक संशोधन गर्ने सवालमा नयाँ सरकार दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img