लायन्स क्लब पाणिनी अर्घाखाँचीको बैठक, साउन २ गते दुर्गाफाट गुफामा वृक्षारोपण गरिने

अर्घाखाँची, २९ असार । लायन्स क्लब अफ पाणिनी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । वर्ष २०२४÷०२५ को पहिलो बैठकमा लायन्स क्लब अफ डिस्टीक ३२५ एलसिआईएफ कोडनेटर हरिप्रसाद भुसालले यो संस्था सामाजिक क्षेत्रमा क्रियाशिल भएर काम गर्ने संस्था भएकाले सामाजिक मनोभावना राखी काम गर्नुपर्ने बताउँनुभयो ।

उहाँले संस्थाले आगोलागी, बाढि, पहिरो पिडित लगाएतका क्षेत्रमा राहत वितरण गर्ने सँगै समाजमा केहि गर्ने उद्देश्यले सञ्चालन भएको अन्तराष्ट्रिय संस्था भएको बताउँनुभयो ।

बैठकमा पुर्व गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले स्थापना भएको लायन्स क्लबले नमुना मोडल गाउँको रुपमा पणेना सिम्लेमा गरेको कामको सुरुवात भएको र यो संस्थालाई निरन्तरता दिई अगाडी बढाउँन आग्रह गर्नुभयो ।

लायन्स क्लब अफ पाणिनी अर्घाखाँचीका अध्यक्ष अर्जुन पोख्रेलको अध्यक्षता, सचिव घनश्याम पौडेलको सञ्चालनमा भएको बैठकले २०८१ साउन २ गते बुधबार हरिशयनी एकादशीको दिन दुर्वावेश्वर गुफा दुर्गाफाट परिसरमा पिपल, बर, रुद्राक्ष, श्रीखण्ड, बोधचित्त, स्वामी, तुलसी रोप्ने निर्णय गरेको छ । साथै लायन्समा आवद्ध हुनका लागि सामाजिक क्षेत्रमा क्रियाशिल र सामाजिक मनोभावना भएका स्थानियलाई आग्रह गरिएको कोषाध्यक्ष कृष्ण गैरे बताउँनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img