अस्पतालमा अप्रेसनपछि अर्घाखाँचीकी सुत्केरीको निधन, रेडक्रसमा रगत अभाव र लापरबाही भएको आफन्तको आरोप

रुपन्देही । करिब आधा घण्टा लगाएर अर्घाखाँचीकि सिर्जनाले छोरीलाई जन्म दिइन् । चिकित्सकहरूले बच्चा आफन्तको जिम्मा लगाए । सुत्केरीलाई पनि केहीबेरपछि भेट्न मिल्ने बताए । केही समयमा एक/एकजना गरेर आफन्तहरू सिर्जनालाई भेट्न वार्डमा पुगे । अस्पतालको लापरवाही र रेडक्रसमा रगत अभावका सुत्केरीको मृत्यु भएको आफन्तजनले आरोप लगाएका छन् ।

पछि चिकित्सकले ‘सिर्जनाको पिसाब आएन, आईसीयू भएको अस्पतालमा लैजानुपर्छ’ भनेपछि सबैको मनमा चिसो पस्यो । उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरियो । बुटवल ल्याएपछि चिकित्सकले तत्काल रगत चढाउनुपर्ने बताए । केही आफन्त रगतको जोहोमा लागे । अस्पतालमा भर्ना गरेपछि डब्लूबीसी बढी, हेमोग्लोबिनको कमी र जन्डिसको समस्या रहेको त्यहाँका चिकित्सकले बताए । मृतकका आफन्तले भनेे अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् ।

बुटवलको रेडक्रमले डब्लुबिसि बनाउने मेसिन बिग्रेको भन्यो भैरहवाबाट रगत ल्याउदा सम्म उनको मृत्यु भईसकेको आफन्तकाे भनाई छ । हरेक दिन सयौले रगत दान गरेर बुटवल रेडक्रसमा पठाउछन तर एक सुत्केरीले ज्यान गुमाउन पुगिन । सृजनाको मृत्यु घटना बिवरण सृजनाको बुधबार साँझ बुटवलको ओम अस्पतालमा शल्यकृया भयो शल्यक्रिया गरेर छोरी जन्माएपछि स्वास्थ्यमा गम्भीर समस्या देखा पर्याे ।यो।

अस्पतालको पूर्वाधारको अभाव: सर्जरी हुने ओम अस्पतालमा आईसियू नभएको कारण, सृजनालाई लुम्बिनी अञ्चल अस्पतालमा रिफर गरियो। रक्त परिक्षण र रगतको अभाव: लुम्बिनी अञ्चल अस्पतालमा सृजनाको रगतमा खराबी र इन्फेक्सन देखियो। उनलाई सेतो प्लेटलेट्सको आवश्यकता पर्यो, जुन बुटवलको रेडक्रसमा मेशिन बिग्रेको कारण उपलब्ध थिएन।

रगतलाई सेतो बनाउन भैरहवा लैजानुपरेको थियो, जसले गर्दा समयमै उपचार सम्भव भएन। आफन्तहरुको आक्रोश: सृजनाको मृत्युपछि आफन्तहरुले अस्पतालको लापरवाही र पूर्वाधारको अभावलाई दोष दिए। उनीहरुले दोषीमाथि कारबाहीको माग गरे। दुई सन्तानको अवस्था: सृजनाको मृत्यु पछि उनकी ६ वर्षीया छोरी (अटिजमको रोगी) र नवजात शिशुको भविष्यबारे आफन्तहरु चिन्तित छन्। (शिर्षक सच्चईएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img