कविता:- मातापिता

पितामाता हाम्रा सकल टुहुरा देख्छु किन हाे?।
भरिन्छन् आँखा यी प्रणयवहले थिच्दछ गलाे ।।
झाेला भिर्दै जान्छौँ   धुरुधुरु  रुवाइकन  पनि ।
पखालिन्नन् आँसु जतिजति पखाले पनि तिनी ।।१।।

आमाले भन्नुन्थ्याे सपूत सुत हे फर्क घरमा ।
यतै सानाे केही इलम गर आफ्नो मुलुकमा ।।
भयाै अल्छी धेरै परमुलुककाे आश गरिदा ।
खुसी हुन्थाैँ हाेला परिश्रम यहीँ गर्न पाउँदा ।।२

छाेराछाेरी भन्दै  दिनदिन बगाई  श्रम  जल ।
म देख्दी हूँ ता ती सुखसयलका भव्य महल ।।
पिलाईद्याै पानी एकल निमुखाकाे मुखभरी ।
भए तिम्रै प्यारा मनुज रचना याे सब हरि ।।३।।

विदेशी हुन् छाेरा  टुलुटुलु  कठै!हेर  नबस ।
सुमार्गै  पैलाई  समय  गतिकाे  मंगलमय  ।।
समस्या ऐलेकाे सकल जनकाे भाैतिक भयाे ।
हरे कृष्ण काले युग विवसता  सम्झिन पराे ।।४।।

बुबाआमा छाेडाैँ दिन पनि भयाे बस्नु अबता ।
तिम्रै लागी आश्रम्  हर तबरले स्वर्ग सरिका ।।
त्यहीँ भुल्छन् बृद्धा मन खुसि बनाएर तनमा ।
तपस्या गर्ने  हाे  सकल  हरिकृष्ण  भजनमा ।।५।।

छ तिम्रो वाणीमा  मन  विजय  गर्ने  मृदुरस ।
सुमार्गै हाे हाम्रो  समय गतिकाे माैन नबस  ।।
पितामाताजीकाे  अतीतसमय पल्टिन गयाे ।
साैभाग्य हाे भन्दै सकलजनकाे आश्रम भयाे ।।६।।

सत्मार्गै पैलाई  जप  तप  गरी   पुण्य  गरनु ।
मिठा भाषाशैली  हरिभजनमा  लागि परनु ।।
विधाताकाे प्याराे  मनुज परमार्थी  छ बननु ।
महाज्ञानी शास्त्री  सब मिलिजुली  ध्यान गरनु ।।७।।

छन्द= शिखरिणी
(स्रष्टा =डिल्लीराज बेल्बासे, पाणिनि ५ मैदान अर्घाखाँची हाल लक्ष्मी मावि बन्दिपाेखरा पाल्पाकाे शिक्षक)

        🙏🙏🙏 इति🙏🙏🙏

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img