देउवाविरुद्ध बैठकमै खनिए लुम्बिनीका सभापति अमरसिंह पुन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आक्रोश पोखेका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा लुम्बिनी सभापति पुनले नेतृत्वको निरंकुश कार्यशैलीले पार्टीलाई प्रदेश तहलाई कमजोर बनाएको भन्दै खनिएका हुन् ।

सभापति पुनले सभापति शेरबहादुर देउवाको चर्को आलोचना गदै पार्टी प्रदेशको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिदै पार्टी नेतृत्वले नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा गराएको बताउँदै नेतृत्वको निरंकुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बनेको बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नु भएको धारणाः

गठबन्धन र आन्तरिक शक्ति सन्तुलनका सन्दर्भमा

हालै मात्र नेपाली कांग्रेस र नेकपा (एमाले) को शक्तिशाली गठबन्धन बनेको छ । यस गठबन्धनले जनतामा सकारात्मस विश्वासको संचार गरेको छ । यो गठबन्धन मार्फत जनतामा रहेको निरासा र राजनीतिक दलप्रति देखिएको वितृष्णालाई चिर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।

तर शक्तिशाली समिकरणको नाममा पार्टी भित्रको आन्तरिक शक्ति सन्तुलनलाई वेवास्ता गर्दै नेतृत्व अगाडी बढ्न पाइदैन । पार्टीमा एक पक्षले अर्को पक्षमा माथि एकलौटी तरिकाले सर्वसत्ताबाद लाड़ने निर्णय स्वीकार्य छैन । कांग्रेस सबिको साझा घर हो । यो पार्टी हाम्रो पनि हो । सबैको समान सहभागिता, अपनत्व र सह(अस्तित्व हुन् जरूरी छ ।

पार्टीमा अनुसाशन र लगनशीलताका सन्दर्भमाः

नेपाली कांग्रेसमा स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोगको गतिविधि गर्ने र पार्टीको नियम तथा आचरणका विरुद्ध जाने व्यक्तिहरूको पार्टी तथा सार्वजनिक लाभका पदमा मनोनयनले प्राथमिकता दिई रहेको छ ।

यसले पार्टी नेतृत्वप्रति गम्भीर प्रश्न खडा भएको छ भने गराउन्डमा पार्टीप्रति प्रतिबद्ध भएर काम गरि रहेका साथीहरू निरासा मात्र होइन कसका लागि र किन सक्रिय हुने भनेर प्रश्न गरिरहेका छन् । के नेतृत्वको यहि प्रकृतिका निर्णयले पार्टी रहन्छ रु के यो पार्टीमा अनुशासन, लगानाशिला, र इमान्दारिता मापन हुन छोडेको हो ?

भ्रातृ तथा सुभेच्छुकका सन्दर्भमाः

पार्टीका विभिन्न भातृ तथा सुभेच्छुक संगठनलाई नेताहरु मार्फत मनोमानी रुपमा दूरुपयोग भइरहेको छ । यसको पछाडीको मुख्य कारण केन्द्रवाट नेतृत्व तोक्ने र समयमा नियमित अधिवेशन नगर्ने हो । त्यसलाई व्यवस्थित गर्नका लागि सबै भातृ तथा सुभेच्छुक संगठनको व्यवस्थापनको जिम्मेवारी सम्बन्धित तहगत पार्टीलाई दिने र विधानमा नै प्रस्त समयसीमा राखेर व्यवस्थित र चलायमान बनाउनुपर्छ ।

पार्टी र सरकार गठन र संचालनका सन्दर्भमाः

सरकारलाई जनमुखी र उत्तरदायी बनाउनको लागि सरकारको निर्माण, अनुगमन, समन्वय र परामर्शको जिम्मा सम्बन्धित तहका पार्टी समितिलाई जिम्मावारी दिइनु पर्छ । स्थानीय, प्रदेश वा संघीय सरकारमा प्रतिनीधित्व गर्ने व्यक्तिहरुले तहगत समन्वय तथा संवादमार्फत पार्टीको भिजन अनुसार सरकार चल्नु पर्छ । सिद्दान्त र पार्टीको नियम विपरित व्यक्तिगत स्वार्थ तथा लाभका लागि काम गर्ने छुट कसैलाई छैन ।

प्रतिनिधि चयनका सम्बन्धमाः

कुनै पनि तहका पदमा रहेका व्यक्तिहरु स्वतः प्रतिनिधि हुने व्यवस्था हटाउनुपर्ने । अधिवेशन तल्लो तहबाट नै प्रतिनिधि चयन भएर माथिल्लो तहमा सहभागी हुने व्यवस्था गरिनु पर्छ ।

तल्लो तहमा अधिकार प्रत्यायोजनका सन्दर्भमाः

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी हो । संघीयताको सफल र प्रभावकारी कार्यन्वयनमा यसको महत्वपूर्ण भूमीका रहनु पर्थ्यो तर पार्टी नेतृत्वको पार्टी संरचनामा संघीय अभ्यासको खासै रुची राखेको देखिदैन ।

पार्टीको तल्लो तहलाई विधानमा निर्देशित अधिकार कार्यन्वयन गर्न सहजीकरण गरेमात्र पार्टीको तल्लो तह चलायमान, गतिशील र प्रभावकारी हुन् सक्छ । अनि मात्र पार्टी संगठन सशक्त हुन सक्छ ।

पार्टी केन्द्र तल्लोसम्म निहुरिएर गरिरहेको हस्तक्षेपले पार्टीलाई सकारात्मक परिणाम दिइरहेको छैन । यसले पार्टीमा थप क्षति हुने कुराबाट समयमै सचेत हुन् जरूरी छ । यदि सबै निर्णय केन्द्रबाट नै लाड़ने हो भने तल्लो तहका समितिको औचित्य के हो ?

संविधान प्रदत्त अधिकार पुर्ण रुपमा संघले तल्लो तहसम्म नदिदा स्थानीय तह र प्रदेशले काम गर्न सकिरहेका छैनन् । तहगत संरचनाले पूर्ण रुपमा काम गर्न नसक्दा जनतामा संघीयताप्रतिको विश्वास गुम्दै गैरहेको छ । जनताको संघीयताप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न र संघीयताको औचित्यताको लागि तत् तत् तहलाई अधिकार दिने र कार्यान्वयनका लागि तहगत समन्वयलाई प्रवाभकारी बनाउनु पर्छ ।

जनसम्पर्क समितिका सन्दर्भमा:

प्रवासमा रहेर समेत नेपाली कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरि रहनु भएका जनसम्पर्क समितिका साथीहरूले पार्टीमा योगदान अनुसारको स्थान, प्रतिनिधित्व र सहभागिता नपाएको आवाज उठाईरहनु भएको छ । उहाँहरूलाई पार्टी संरचनाका विभिन्न तहमा सहभागिताको सुनिश्चता गर्न अपरिहार्य छ ।

गैरआवासीय नेपालिहरूले समेत पार्टीका विभिन्न तहमा निर्वाचन लड्ने पाउने पदीय प्रतिनिधित्व गराईनु पर्छ । नेपाली नागरिकताका त्यागेकाहरूलाई पनि नेपाली कांग्रेसको दृष्टिकोण, सिद्दान्त र लोकतान्त्रिक विचार आदर्शलाई विश्वव्यापी संजालमा जोड्नका लागि पार्टीका विभिन्न भूमिकामा सहभागीताको सुनिश्चितता गरिनुपर्छ ।

प्रदेश सरकार र प्रदेश समितिका सन्दर्भमा

संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान ९नेपाली कांग्रेसको संशोधित विधान, २०१७ को परिच्छेद ४ दफा १३ को ७९ठ०० अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिदै नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भैरहेको बेला नेपाली कांग्रेसका आम साथीहरूको भावना विपरित यस किसिमको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेका छौ । तसर्थ उक्त निर्णयलाई पुनर्बिचार गर्न नेपाली कांग्रेस केन्द्रीय नेतृत्वलाई हार्दिक आग्रह गर्दछौ ।

सार्वजनिक तथा लाभका पदमा मनोनयनका सन्दर्भमा:

समानुपातिक र लाभको पदलाई सो व्यक्तिको जीवनकालका लागि एक पटक मात्र हुने व्यवस्था गर्नुका साथै समावेशीताको आधारभूत सिद्धान्त बमोजिम हुने गरी मात्र अवसर प्रदान गर्नुपर्ने ।

पार्टीले एउटै तहको कार्यसमितिमा बढीमा २ पटकसम्म मात्र मनोनित गर्न पाउने । पार्टीबाट सिपारिस भइ विभन्न लाभको पदमा जाने व्यत्तिहरु क्षमता योग्यताको अधारमा पठाउनु पर्ने । आवश्यकता, औचित्यता र समय परिस्थिति बमोजिम बढीमा दोस्रो पटकसम्म अवसर दिन सकिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img