सोलुखुम्बुः थामे गाउँमा आएको बाढीमा ७ जनाको उद्धार, एउटा विद्यालयसहित १४ वटा घर बगायो

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामेगाउँमा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको हो । प्रभावित क्षेत्रमा मानवीय क्षति भए/नभएकोबारे विवरण आएको छैन, सोलुखुम्बु प्रशासन स्रोतले भन्यो ।

हिमताल फुटेर लेदोसहितको बाढी आएको अनुमान छ । आज दिउँसो आएको बाढीले एउटा विद्यालय र एउटा क्लिनिकसहित १४ वटा घर बगाएको पछिल्लो विवरण छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा टोली खटाएको छ ।

तस्बिरः नेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img