धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजको तिजमिलन कार्यक्रम बुटबलमा

बुटबल, ८ भदौ । हिन्दुहरूको महान चार्ड हरितालिका तिज नजिकिदै जादाँ धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजले तिजमिलन कार्यक्रम गरेको छ । हरेक वर्ष धातिवाङ्ग जन्मभई हाल रूपन्देहीका विभिन्न क्षेत्रमा बसोबास गर्दै आउँनुभएका चेलिबेटी, दाजुभाइहरूको उपस्थितिमा तिजमिलन तथा दरखाने कार्यक्रम बुटवल बेलवास स्थित शिवालय मन्दिरमा सम्पन्न भएको हो ।

तिजमिलन कार्यक्रमको उद्घाटन गर्दै पाणिनि गाउँपालिका वडा नं। ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले रूपन्देहीमा बसोबास गर्ने धातिवाङ्ग जन्मभएका दाजुभाइ, दिदिबहिनीबिच आत्मियता बढ्ने विश्पास व्यक्त गरे । उनले सम्पर्क समाज सामाजिक कार्यमा निरन्तर अग्रसर रहेको भन्दै आगामि दिनमा स्वास्थ्य शिविर कार्यक्रम गर्न सहकार्य गर्ने बताए ।

तिज कार्यक्रमलाई विकृतिको रूपमा भन्दा सभ्य रूपमा मनाउदैँ तिजको गरिमा कायम राख्न वडा सदस्य तारा पौडेलले आग्रह गरिन् । उनले तिजमा विकृति मौलाएको भन्दै संस्कृतिको संरक्षणमा सबै एकतावद्व हुनुपर्ने बताईन्।

कार्यक्रम धातिवाङ्ग रूपन्देही सम्पर्क समाजका अध्यक्ष पिताम्बर पाण्डेको अध्यक्षता, उपाध्यक्ष गंगा पौडेलको स्वागत र सचिव हरि घिमिरेको सञ्चालन भएको कार्यक्रममा पुर्व अध्यक्ष देवीप्रसाद पौडेल, सिद्वेश्वर सहकारीका सचिव पुष्कर पौडेलले तिजमा एकैठाउँ जुटने अवसर समपर्क समाजले जुटाएको भन्दै धन्यवाद दिएका थिए । धातिवाङ्ग जन्मभई रूपन्देहीमा बस्नेहरूले २०७३ सालमा समाजको स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img